site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानका सचिव पारस खड्का भन्छन्– नेपालले एसिया कप खेल्नेछ भन्ने विश्वास छ 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेट टिमले एसिया कप खेल्ने विश्वास व्यक्त गरेका छन् । भारतका दुई राज्य टिमसँगको फ्रेन्डसिप कप खेल्न जाने टोलीको बिदाइ कार्यक्रममा बिहीबार पारसले नेपालले विगतजस्तै आउँदो वर्ष हुने एसिया कप खेल्ने विश्वास व्यक्त गरेका हुन् ।

“नेपाल भारत भ्रमणपछि एसीसी प्रिमियर कपका लागि जानेछ । त्यो प्रतियोगिता जित्ने टिमले एसिया कप खेल्नेछ,” बिदाइ कार्यक्रममा सचिव खड्काले भने, “नेपालले गत वर्ष ५० ओभरको एसिया कप खेलेको थियो । हामी विश्वास्त छौँ, हाम्रो टिम यसपालि पनि ओमानमा गएर एसिया कपका लागि छनोट हुनेछ । माननीय मन्त्रीज्यूको सकारात्मक प्रतिक्रियाले नेपाली क्रिकेट मात्र नभई नेपाली खेलकुद क्षेत्र नै उत्साहित भएका छौँ । नेपाली खेलकुदले फड्को मार्नेछ भन्ने आशा गर्दछौँ ।”

भारतमा नेपालले गुजरात र बरोडासँग त्रिकोणात्मक ट्वान्टी–२० शृंखला खेल्नेछ । तालिकाअनुसार, नेपालले बरोडा र गुजरातका टिमसँग मार्च ३१ देखि अप्रिल ७ सम्म शृंखला खेल्नेछ । नेपालले मार्च ३१ मा गुजरातसँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ ।

नेपालले अप्रिल २ मा बरोडासँग, अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुनः बरोडासँग खेल्नेछ ।

शृंखलाका शीर्ष दुई टिम उपाधिका निम्ति अप्रिल ७ मा भिड्नेछन् । शृंखलाका सबै खेल भारतका वापीमा हुनेछ । भारत भ्रमणअघि नेपालले घरेलु मैदानमा आयरल्यान्ड वुल्भ्सँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro