site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रूसी आक्रमण सम्झाउँदै सांसदको प्रश्न– दुर्गा प्रसाईंलाई स्वचालित हतियारको सुरक्षा किन ? 

काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले दुर्गा प्रसाईंलाई स्वचालित हतियारको सुरक्षा किन चाहियो भन्दै प्रश्न उठाएका छन् । उनले रूसको मस्कोमा भएको आतंकवादी हमलाको स्मरण गराउँदै यसलाई सामान्य रूपमा नलिन गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरे । 

“यो देशमा दुर्गा प्रसाईं जस्तो एउटा नागरिकलाई स्वचालित हतियारको सुरक्षा किन चाहियो । राष्ट्रपतिको सुरक्षामा कस्ता हतियार छन् । स्वयम् गृहमन्त्रीको सुरक्षामा त्यस्ता हतियारको प्रयोग भएको छ कि छैन ?,” श्रेष्ठले प्रश्न गर्दै भने, “दुर्गा प्रसाईंको सुरक्षा गार्डलाई धन्यवाद जसले स्वचालित हतियार सर्वोच्च अदालतको गेटमा पुगेर देखाइदियो र सबैले थाहा पाउने अवस्था बन्यो ।” 

उनले यस्तो लाइसेन्स किन दिइयो, लाइसेन्समा उल्लेखित हतियार नै हो वा फरक परेको छ, नागरिकको व्यक्तिगत सुरक्षाका लागि यस्तो हतियार आवश्यक छ कि छैन ? भन्दै प्रश्न गरेका थिए । “गृहमन्त्रीजी रूसको मस्कोमा भएको हमला सम्झेर यस विषयमा ध्यान दिनु होला,” श्रेष्ठले भने, “यो हतियार सर्वोच्चमा देखिनुको साटो कुनै अप्रिय घटना भएको भए के हुन्थ्यो ?”

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro