site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दोस्रो खेलमा बहराइनसँग नेपाल पराजित 

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणअन्तर्गत बहराइनविरुद्धको दोस्रो लेगमा नेपाल ३–० ले पराजित भएको छ । 

मंगलबार राति बहराइनको बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन सायेद बाकेर मेह्दी, अब्दुल्ला युसुफ र कामिल अल अस्वदले गोल गरे । बहराइनले तीन गोल पहिलो हाफमा गरेको हो ।

Dabur Nepal
NIC Asia

खेलको सातौँ मिनेटमा मेह्दीको गोलमा बहराइनले अग्रता बनाएको थियो । १८औँ मिनेटमा युसुफको पेनाल्टी गोलमा बहराइनले अग्रता दोब्बर बनायो । ३६औंँ मिनेटमा अस्वदको गोलमा घरेलु टिमले अग्रतालाई ३–० मा पुर्याएको थियो । यसपछि थप गोल नहुँदा बहराइनले ३–० को जित सुनिश्चित गरेको हो । 

जितसँगै चार खेलबाट नौ अंक जोडेको बहराइन तालिकाको दोस्रो स्थानमा छ । यसअघि पहिलो लेगमा बहराइनले पहिलो लेगमा नेपालविरुद्ध ५–० को फराकिलो जित निकालेको थियो । समान खेल खेल्दा पनि अंकविहीन नेपाल भने तालिको पुछारमा छ ।

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ । यो समूहमा नेपालसँगै बहराइन, युनाइटेड अरब इमिरेट्स (यूएई) र यमन छन् ।

नेपालले अब आगामी जुन ६ मा यूएई र जुन ११ मा यमनविरुद्ध खेल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro