site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वासु शशी स्मृति परिषद्ले गर्‍यो स्रष्टाहरूको सम्मान 

काठमाडौं । वासु शशी स्मृति परिषद्ले कवि तथा नाटककार वासु शशीको ८८औँ जन्मजयन्तीको अवसर पारेर तीन स्रष्टाहरूलाई सम्मानित गरेको छ ।

मंगलबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथि दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासले स्रष्टाहरूलाई सम्मानित गरे । कार्यक्रममा ‘वासु शशी साहित्य सम्मान–२०८०’ लोकप्रिय गीतकार तथा कवि किरण खरेललाई समर्पण गरियो ।

त्यस्तै, ‘वासु शशी साहित्य पुरस्कार–२०८०’ साहित्यकार प्रतिसरा सायमिलाई प्रदान गरियो । पुरस्कारका साथ नगद राशि २५ हजारसमेत प्रदान गरियो ।

सोही अवसरमा कवि कृष्ण जोशीको स्मृतिमा स्थापित ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार–२०८०’ साहित्यकार प्रा.डा. विष्णु राईलाई प्रदान गरियो । पुरस्कारका साथ नगद राशि २५ हजारसमेत प्रदान गरियो ।

सम्मानित तथा पुरस्कृत साहित्यकारहरूलाई सम्मानित गर्दै डा. गौरीशंकर लाल दासले कवि वासु शशीसँग आफ्नो सम्बन्ध र बिताएका क्षणहरूको स्मरण गरे ।

कार्यक्रममा प्रकाश सायमीले सम्मानित स्रष्टा किरण खरेलको परिचयसहित उनको गीति यात्राबारे प्रकाश पारे । 

साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गणेश रसिक, प्रद्युम्न जोशी, प्रतिसरा सायमि, विष्णु राईलगायतले बोलेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  २२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro