site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यानमा अनियमितता भएको भन्दै खेलकुद मन्त्रालयले पठायो राखेपलाई पत्र
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)मा अनियमितता भएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत पत्र पठाएको छ ।

मन्त्रालयका खेल संघ संस्था समन्वयनका शाखाका अधिकृत लालप्रसाद पोखरेलले राखेपलाई पठाएको पत्रमा आफैँले हस्ताक्षर गरेको बताए । “क्रिकेट र फुटबलसम्बन्धी १०–१२ वटा विवरण माग गरिएको छ । मैले नै हस्ताक्षर गरेको हुँ,” उनले बाह्रखरीसँग भने । ।

मन्त्रालयले विगत तीन वर्षमा क्यानले टेन्डरबिनै गरेका गतिविधिहरूको सम्पूर्ण जानकारी, प्रायोजकहरूसँगको आर्थिक लेनदेन र खेलाडीबाहेक विदेश भ्रमण गएका पदाधिकारीहरूको विवरण र उनीहरूले क्यानबाट बुझेको भ्रमण भत्ताबारे जानकारी मागिएको स्रोतले बाह्रखरीलाई बतायो ।

स्रोतका अनुसार खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले विभिन्न विदेशी कम्पनीहरूसँग क्यानले गरेका अवैधानिक सम्झौता (डाफा न्युज, आईटी डब्लू, केल्मी, आईएममी पे)बारे छानबिन गर्न पनि निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले क्यानको जनरल म्यानेजर (जीएम) नियुक्तिबारे पनि चासो राखेको स्रोत बताउँछ ।

स्रोतका अनुसार मन्त्रालयले तीन दिनभित्र विवरण पेस गर्न राखेपमार्फत निर्देशन दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro