site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वाग्मती प्रदेशमा अनलाइनबाटै पटके बाटो इजाजतपत्र लिन सकिने

काठमाडौं । वागमती प्रदेश सरकारले अनलाइनमार्फत पटके बाटो इजाजतपत्रको भुक्तानी गर्न सकिने प्रणाली ल्याएको छ । वाग्मती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले भुक्तानी प्रणाली सार्वजनिक गरेका हुन् ।

यसका निम्ति भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा मंगलबार एक कार्यक्रमको आयोजना गरियो । उनले सेवाग्राहीलाई सुविधा दिन र राजस्व संकलनमा समेत तलमाथि नहोस् भन्ने उद्देश्यका साथ सेवा सुरु गरिएको बताए ।

Dabur Nepal
NIC Asia

उनले भने, “यो अनलाइन सिस्टम गर्नेबित्तिकै हामीले कार्यालय जानै परेन । कार्यालय नगईकन अस्थायी पटके अनलाइनबाट लिने गरी यो व्यवस्थालाई सुरु गर्नका लागि हामीले विगत तीन÷चार महिनादेखि धेरै छलफल गर्‍यौँ ।”

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले यो अनलाइन सेवा सुशासनका क्षेत्रमा महत्त्वपूर्ण कदम हुने विश्वास व्यक्त गरिन् । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro