site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रधानमन्त्रीले थप २० प्रकारका औषधि उत्पादन गर्न निर्देशन त दिए, बजेट दिएनन् !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गएको पुस २९ गते नेपाल औषधि लिमिटेडको टोलीलाई बोलाउँदै थप २० प्रकारका औषधि उत्पादन कार्य अघि बढाउन निर्देशन दिए ।

लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई प्रधानमन्त्रीले कार्यालयमै बोलाउँदै दाहालले भनेका थिए, “तपाईंहरू काम सुरु गर्नुस्, सरकारले जे–जस्तो सहयोग गर्नुपर्छ, त्यो काम म गर्छु ।”

तर, प्रधानमन्त्रीबाट निर्देशन आएको तीन महिना बित्नैलाग्दा बजेट आएको छैन । लिमिटेडका पदाधिकारीहरू भने सरकारी बजेटबिना उत्पादन गर्न सक्ने अवस्थामा नभएको बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले निःशुल्क प्रदान गर्ने सबैखाले औषधिहरू उत्पादन गर्ने लक्ष्य राख्यो । त्यसपछि २०६२ मा बन्द भएको नेपाल औषधि लिमिटेड १२ वर्षपछि ब्युँताइयो । २०७४ देखि पुरानै लयमा फर्किने प्रयास गरिरहेको लिमिटेड आर्थिक अभावकै कारण पर्याप्त औषधि उत्पादन गर्न सक्ने अवस्थामा छैन । 

हाल ११ वटा औषधि बजारमा पठाइरहेको लिमिटेडले थप २० वटा औषधि उत्पादन सुरु गर्न पहल गरेको धेरै वर्ष भइसक्यो । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरू बजेट जुटाउन आफू पटकपटक अर्थ मन्त्रालय धाएको बताउँछन् । 

Global Ime bank

त्यसो त प्रधानमन्त्रीको निर्देशनअघि २०८० वैशाख २० गते लिमिटेडलाई २४ करोड ७८ लाख रुपैयाँ रुपैयाँ ऋण सहयोगका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ र उद्योग मन्त्रालयलाई पत्राचार भएको थियो । तर, अर्थले बजेटमा नपरेको कार्यक्रम भन्दै उक्त रकम हालसम्म निकासा गरेको छैन ।

महाप्रबन्धक पनेरू भन्छन्, “प्रधानमन्त्रीको निर्देशन आयो । तर, बजेट आएन । हाम्रो आन्तरिक आम्दानीले उत्पादन बढाउन सक्ने अवस्था छैन ।”

अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्मा लिमिटेडलाई दिने भनिएको रकम हालसम्म निकासा नभएको बताउँछन् । निर्णय कार्यान्वयनका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लिमिटेडको पत्राचारसमेत गरिएको उनको भनाइ छ ।
 
प्रवक्ता शर्माका अनुसार आकस्मिकबाहेक बजेटमा उल्लेख नभएका कार्यक्रममा बजेट निकासा गर्ने अभ्यास छैन । तर, यो निर्णय प्रधानमन्त्रीकै तहबाट निर्देशन भएकाले रकम दिने/नदिनेबारे भन्न नसकिने उनी बताउँछन् ।

लिमिटेडले हाल जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकारका औषधि, ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरसहित ११ वटा औषधि उत्पादन गरी बजारमा पठाइरहेको छ । 

२०८० चैत ४ गतेबाट लिमिटेडले सेन्ट्रिमाइन, एमजिट र एमजिट–डीएफ नामका तीनवटा औषधिको उत्पादन सुरु गरेको छ । ती औषधि पनि थोरै मात्र उत्पादन गरिएको र बजार अनुमति लिन औषधि व्यवस्था विभागमार्फत प्रक्रिया अघि बढाइएको जानकारी पनेरूले दिए ।

उनका अनुसार, बजारको मागका आधारमा उत्पादन बढाइने र बजारबाट उठेको रकमबाटै उत्पादनलाई निरन्तरता दिने लिमिटेडको योजना छ । तर, प्रधानमन्त्रीको निर्देशनअनुसार २० प्रकारका औषधि उत्पादन गर्न सरकारको आर्थिक सहयोगबिना सम्भवन नरहेको उनी बताउँछन् ।

पहिलो चरणमा एउटा औषधिको कच्चा पदार्थ, उत्पादन र प्याकेजिङ गरी बजारसम्म पुर्‍याउन १५ देखि २० लाख रुपैयाँ खर्च हुने गरेको छ । त्यहीअनुरूप २० वटा औषधि उत्पादन निम्ति आवश्यक खर्चको योजना बनाई अर्थ मन्त्रालयमा प्रस्तुत गरे पनि बजेट निकासा नभएको उनको गुनसो छ । 

सरकारले निःशुल्क प्रदान गर्ने ९८ प्रकारका औषधिमा नेपाल औषधि लिमिटेडबाट उत्पादन भएका सिटामोल, जीवनजल लगायतका औषधि पनि छन् । बाँकी औषधि भने निजी क्षेत्रबाट खरिद हुने गरेको छ । 

संघ, प्रदेश र स्थानीय तहमा गरी वार्षिक लगभग तीन अर्बको औषधि खरिद हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC