site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस कोसी प्रदेशले पठायो आकांक्षीको नाम, आचार्यको नाम पहिलो नम्बरमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेस कोसी प्रदेशले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि आकांक्षीहरूको नाम केन्द्रीय समितिमा पठाएको छ । प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकांक्षी उमेदवारहरूको नाम केन्द्रमा पठाइएको हो । उनले जिल्ला कार्यसमितिले पठाएको नाम जस्ताको त्यस्तै केन्द्रमा पठाइएको जानकारी दिए । 

प्रदेश समितिले पहिलो नम्बरमा भेषराज आचार्यको नाम सिफारिस गरेको छ । दोस्रोमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरेको छ । “कांग्रेस इलाम कार्यसमितिले पठाएको सातजनाको नाम जस्ताको त्यस्तै प्रदेश समितिले निर्णय गरेर केन्द्रमा पठाएका छौँ । बाँकी विषयमा केन्द्रीय समितिले नै निर्णय गर्छ,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि कांग्रेस जिल्ला कार्य समिति इलामले पनि चैत्र ७ गते नै आकांक्षी उमेदवारहरूको नाम प्रदेश समितिलाई पठाएको कांग्रेस इलामका सचिव पूर्ण गौतमले जानकारी दिए । जिल्लाले पनि क्षेत्रीय समितिले पठाएको नाम जस्ताकै त्यस्तै प्रदेशलाई पठाएको गौतमको भनाइ छ । “क्षेत्र नम्बर २ को क्षेत्रीय समितिको बैठकले गरेको निर्णयको प्रतिलिपिसहित प्रदेशमा पठाएका हौँ,” उनले भने । 

कांग्रेसको क्षेत्रीय कार्यसमितिले गएको मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो । क्षेत्रीय सभापति डिकेन्द्र इदिंगोेका अनुसार विधानले दिएको अधिकार र व्यवस्थाअनुसार आकांक्षीहरूको नाम पठाइएको हो ।

Global Ime bank

“क्षेत्रीय समितिको बैठकबाट पहिलो नम्बरमा महासमिति सदस्य एवम महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम समावेश गरेर पठाएका छौँ । दोस्रो नम्बरमा पूर्वसांसद केशव थापाको नाम सिफारिस गरेका छौँ,” उनले भने । 

समितिले  तेस्रोबाट क्रमशः जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरेको उनले जानकारी दिए । बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेर पठाइएको उनले बताए । 

एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएको थियो । त्यसैले उपनिर्वाचन हुन लागेको हो । कांग्रेसबाट मुख्यगरी आचार्य, थापा, सभापति खड्का र कुमाल मुख्य आकांक्षीका रूपमा दौडधुपमा छन् । इलाम क्षेत्र नम्बर २ कांग्रेसको बलियो क्षेत्र मानिन्छ ।

राष्ट्रिय राजनीतिमा स्थापित नेम्बाङको निधनपछि मुख्य प्रतिस्पर्धी एमालेभित्र उमेदवारमा रस्साकस्सी चलिरहेको बेला कांग्रेसले यसपटक सकारात्मक परिणाम निकाल्ने अपेक्षा गरिएको छ । आधिकारिक उमेदवार बन्नका लागि कांग्रेसका अधिकांश नेताहरू काठमाडौं केन्द्रित छन् । विशेषगरी आचार्य र खड्का पक्ष अलग अलग समूह बनाएर केन्द्रीय नेताहरू घरदैलो गरिरहेका छन् । क्षेत्र, जिल्ला र प्रदेश समितिले एक नम्बरमा नाम सिफारिस गरेपछि आचार्य समूह उत्साहित छ । उपनिर्वाचन आउँदो वैशाख १५ मा हुँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC