site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
तस्बिर : निरन्जनकुमार साह/रासस ।

काठमाडौं । १५ दिने ऐतिहासिक मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको छ । फागुन प्रतिपदामा सुरु परिक्रमा सोमबार जनकपुरधामको अन्तरगृह परिक्रमासँगै सकिएको हो ।

परिक्रमा टोली आइतबार जनकपुरधाम आइपुगेको थियो । राति जनकपुरधाममै विश्राम गरी टोलीले आज अन्तरगृह परिक्रमा गरेको हो । साधुसन्त, महन्त र श्रद्धालुले राम–जानकीको डोला लिएर जनकपुरधामको अन्तरगृह परिक्रमा गरेका थिए ।

अन्तरगृह परिक्रमाको दूरी पाँच कोष छ । त्यसैले यसलाई ‘पञ्चकोसी परिक्रमा’ पनि भन्ने गरिन्छ ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने यो परिक्रमामा जनकपुरधामको हनुमाननगर, भारत, बिहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, बिहारको करुणा विसौल र जनकपुरधामसहित १३३ किलोमिटर भूभागको पदयात्रा गरिन्छ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro