site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सभामुख विदेश जाँदा संसद् नचलाइए उपसभामुख किन चाहियो ?
सभामुख देवराज घिमिरे । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘सभामुख नहुँदा संसद् स्थगन गर्ने भए उपसभामुखको के काम ?’ प्रतिनिधिसभा बैठक स्थगन गरी सभामुख देवराज घिमिरे ‘जम्बो’ टोलीसहित १० दिने विदेश सयरमा निस्किएपछि यो प्रश्न गरिँदै छ । सदन उपसभामुखलाई चलाउन दिएर विदेश सयरमा निस्किएको भए खासै प्रश्न उठाइने थिएन । तर, सभामुखले उपसभामुखमाथि विश्वास नगर्नुले उनी र उनको जम्बो टोलीमाथि प्रश्न गरिएको हो ।

“उहाँ (सभामुख)ले किन सदन बन्द गर्नुभयो, मलाई किन अख्तियार प्रत्यायोजन गर्नु भएन, त्यो उहाँलाई नै थाहा होला,” उपसभामुख इन्दिरा रानामगरले बाह्रखरीसँग भनिन्, ‘‘मैले जानेको त अधिकार प्रत्यायोजन गरेर जानुपर्ने थियो ।”

१० दिन सदन स्थगन गरी सभामुख घिमिरे र दलका प्रमुख सचेतकसहितको १० जनाको टोली स्वीट्जरल्यान्ड गएको हो । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४८औँ महासभामा भाग लिन उनीसहितको प्रतिनिधिमण्डल चैत ८ गते त्यसतर्फ उडेको थियो । यसले संसद्को हिउँदे अधिवेशन नै प्रभावित भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कानुनतः सभामुखको अनुपस्थितिमा उपसभामुखले संसदीय काम गर्ने हो । यो उपसभामुखको वैधानिक अधिकार हो । सभामुखलाई सहयोग गर्ने जिम्मेवारी उपसभामुखलाई हुन्छ । तर, त्यो जिम्मेवारी सभामुखले दिनुपर्ने हुन्छ । उनले भनिन्, “पहिला के अभ्यास थियो, मलाई थाहा छैन । केही अभ्यास हेर्दा अख्तियार प्रत्यायोजन गर्ने गरिएको थियो रे !”

संसद् नै बन्द गरी विदेश भ्रमणमा गएर सभामुख र प्रमुख सचेतकहरू जनताका दृष्टिमा गैरजिम्मेवार देखिएका छन् । यसले के देखाउँछ भने राष्ट्र र जनताका समस्या नेपालका जनप्रतिनिधिको प्राथमिकतामा पर्दैन ।

Global Ime bank

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, यही चैत १० देखि १४ गतेसम्म संघको प्रधान कार्यालय जेनेभामा हुने कार्यक्रममा प्रतिनिधिमण्डलले भाग लिनेछ । टोली चैत १६ गते स्वदेश फर्कने धमलाले जानकारी गराएका छन् ।

पूर्वसभामुख दमनाथ ढुंगानालाई सदन बन्द गरी विदेश सयर गरेको मन परेको छैन । बाह्रखरीसँगको संवादमा उनले संसद् अधिवेशन चलिरहेका बेला विदेश भ्रमणले सदनप्रतिको गैरजिम्मेवारी स्पष्ट पारेको बताए । यसमा प्रमुख प्रतिपक्ष दलको सहयोग झन् डरलाग्दो विषय भएको उनले उल्लेख गरे ।

“मुख्य दलका पदाधिकारीहरूबीच सहमति हुँदा जे पनि मिल्छ । बाँकी काम ‘उतै’ हुन्छ । यत्ति पनि थाहा छैन ?,” ढुंगानाले भने ।

सदनको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा लिइन्छ । तर, सदन सत्ता र प्रतिपक्षको घोचपेचको कोपभाजनमा पर्ने गरेको छ । संविधानको कार्यान्वयनका निम्ति तहगत बनाइनुपर्ने कानुनका चाङ छन् ।

संघले कानुन नबनाइदिँदा प्रदेश र स्थानीय तह भुत्ते भएका छन् । ४० विधेयक तत्काल पारित नगरिए संविधान र वर्तमान व्यवस्था ‘फेलिएर’ बन्नेछ भनी राष्ट्रियसभाले प्रतिवेदन नै दिएको छ । तर, न दलको चासो र चिन्ता न त संसद्को नेता सभामुखको नै ध्यान गएको देखियो ।

आफू विदेश जाँदा सदन चलाउने अधिकार उपसभामुखलाई दिन सकिने विषयमा पनि उनले चासो देखाएनन् । यसले सदनप्रतिको जिम्मेवारीमाथि स्वाभाविक प्रश्न उठाइएको बुझाइ ढुंगानाको छ ।

“प्रतिनिधिसभा १० दिन र राष्ट्रियसभा सात दिन बन्द किन गर्नुपरेको होला ? उपसभामुखले अध्यक्षता गरेर सदन चलाउँदा हुँदैन थियो ?,” ढुंगानाले थपे, “यहाँ त जे गरे पनि हाइसन्चो ! यो ठिक भएन ।”

सदन र संसदीय समितिमा ठूलठूला विषय छन् । सुशानको विषय प्रमुख छ । सुनकाण्ड, टेरामक्स प्रकरण, सहकारीका बचतकर्ताको समस्यालगायत महँगिएको बजार र निमुख जनताका कठिनाइका विषयमा छलफल गरिनुपर्नेछ ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी घोटालामा संलग्न देखिएको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ । गृहमन्त्री लामिछाने सडकमा बहस गरेर भए पनि जवाफ दिन्छु भनिरहेका छन् । यी विषयमाथि सदनमा छलफल गरिनुपर्ने हो ।

आईपीयूको बैठकमा भाग लिन जानु अनुचित होइन । तर, त्यसका निम्ति प्रतिनिधिसभा बैठक स्थगन गर्नुपर्ने थिएन । सदन चलाउने जिम्मेवारी उपसभामुखलाई दिएर जाँदा हुने थियो । अथवा, बैठकमा सहभागिता जनाउन उपसभामुखको नेतृत्वमा प्रतिनिधिमण्डल स्वीट्जरल्यान्ड पठाएको भए पनि केही बिग्रने थिएन । सभामुखले उपसभामुखलाई बेवास्ता गरेको पनि देखिन्छ ।

पूर्वसभामुख तारानाथ रानाभाट सभामुख हिँड्दैमा सदन ठप्प पार्ने कार्य नियमसंगत नभएको बताउँछन् । उपसभामुख पनि सदन चलाउन सक्षम हुने उनले उल्लेख गरे । नयाँ प्रस्ताव ल्याउन नपाए पनि नियमित बैठक र छलफलमा रहेका विषय अघि बढाउने अधिकार दिएर जानुपर्ने रानाभाटको भनाइ छ ।

ढोका लगाएर सबै ठप्प पारेर सभामुख हिँड्नु गलत भएको उनको टिप्पणी छ । “सम्पूर्ण काम ठप्प पारेर जान मिल्दैन । सभामुख बिदामा बसोस् कि समस्या परेर आउन नपाओस् कि लगायत विषयमा उपसभामुखलाई अधिकार दिनुपर्छ,” रानाभाट भन्छन् ।

उनी थप स्पष्ट भन्छन्, ‘‘सभामुख नभएपछि हाउस नचल्ने भए उपसभामुख किन चाहियो ? सचिवालय किन चाहियो ? समिति किन चाहियो ? पदाधिकारी किन चाहियो ? यसरी बन्धक बनाएर हिँड्न मिल्दैन ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC