site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको प्रश्न– प्रधानमन्त्रीका निम्ति आफैँले प्रस्ताव गरेको मान्छे गृहमन्त्रीमा अयोग्य हुन्छ ? 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका विषयमा नेपाली कांग्रेसले द्वैध चरित्र देखाएको आरोप लगाएको छ ।

आइतबार च्यासलमा पार्टी सचिवालयको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन सत्ता गठबन्धन तोडेपछि कांग्रेसले नै लामिछानेलाई प्रधानमन्त्रीको ‘अफर’ गरेको बताए । तर, अहिले उनी गृहमन्त्री बन्दा राजीनामा माग्नु राजनीतिक प्रतिशोध भएको ज्ञवालीको भनाइ छ ।

KFC Island Ad
NIC Asia

“प्रधानमन्त्रीका निम्ति आफैँले प्रस्तावित गरेको मान्छे गृहमन्त्रीको रूपमा अयोग्य हुन्छ भन्ने तर्क राजनीतिक प्रतिशोधको तर्कबाहेक अरू केही हुन सक्दैन,” उनले भने, “भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने नैतिक रूपमा छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ ।”

अहिलेसम्म लामिछानेविरुद्ध नियामक निकायमा औपचारिक रूपमा मुद्दा दायर नभएको र छानबिनका निम्ति नबोलाइएको ज्ञवालीले बताए ।

Royal Enfield Island Ad

लामिछानेका विषयमा कांग्रेसले गरेको माग राजनीतिक पूर्वाग्रले ग्रसित भएको उनले टिप्पणी गरे । लोकतन्त्रको हिमायती भन्ने कांग्रेसले संसद् अवरोध गर्न नसुहाउने उनको भनाइ छ ।

कांग्रेसले लामिछानेका विषयमा छानिबन समिति बनाउनुपर्ने, उनले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro