site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हुम्ला जीप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो
Sarbottam CementSarbottam Cement

हुम्ला । हुम्लाको दक्षिण भेगस्थित अदानचुली गाउँपालिका–४ मा भएको जीप दुर्घटनामा परी मृत्यु र घाइते भएकाको पहिचान खुलेको छ ।

धुलाचौरबाट आउँदै गरेको सुपप्र००१ज ११८३ नम्बरको बोलेरो जीप शनिबार दिउँसो पाम्स मोडमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुईजनाको ज्यान गएको थियो । सातजना घाइते छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार, मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५, करगाइ गाउँका अन्दाजी ३९ वर्षीय फागुने लुवार र अदानचुली–५, बारिगाउँ गाउँका १३ वर्षीय प्रवेश ऐडी छन् । दुवैजना भारतबाट घर फर्कने क्रममा थिए ।

घाइते हुनेमा चालक जनक ठगुन्ना, सवारीधनी धनबहादुर महतारा, बारिगाउँका ४५ वर्षीय रामबहादुर ऐडी, अदानचुली–५ का ५७ वर्षीय कुल टमटा, बल बोहोरा, चैती बोहोरा र खगेन्द्र टमटा छन् ।

Global Ime bank

श्रीनगर स्वास्थ्यचौकीमा घाइतेको प्रथामिक उपचार भइरहेको छ । गम्भीर घाइते चालक ठगुन्ना र सवारीधनी महतारालाई थप उपचारका निम्ति हेलिकोप्टरमार्फत अन्यत्र लैजान पहल भइरहेको जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय