site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पूर्वमन्त्री र राखेप पदाधिकारी सम्मानित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले पूर्वयुवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राखेपका पदाधिकारी लगायतलाई एक कार्यक्रमबीच शुक्रबार सम्मान गरेको छ ।

कर्मचारी संघले राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य प्रकाशकुमार कुसारी, अञ्जन धमला, पेमा डोल्मा लामा, श्रीमान थापा मगर, चन्द्र बदना राई, दीपेन्द्र विष्ट, लेखबहादुर क्षेत्री र विना श्रेष्ठ, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल र पदपूर्ति समितिका सदस्य वृजेन्द्र हमाललाई कदरपत्रसहित सम्मान गरेको हो ।

Dabur Nepal
NIC Asia

उनीहरूलाई राखेपमा विभिन्न तहमा कार्यरत कर्मचारीहरूको लामो समयदेखि रोकिएको बढुवा तार्किक निष्कर्षमा पु¥याउन महत्त्वपूर्ण योगदान पुर्‍याएवापत सम्मान गरिएको हो ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले उनीहरूलाई सम्मान गर्दै कर्मचारी संघले पूर्वमन्त्री लगायतको कामको मूल्यांकन गरी सम्मान गर्ने कार्य प्रशंसनीय कार्य भएको बताए ।

सोही अवसरमा राखेप कर्मचारी संघका पूर्वपदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानितहरूमा पूर्वअध्यक्ष नारायणदेव राणा र रञ्जन थापा, महासचिव फणिन्द्रप्रसाद पौडेल, पूर्व उपमहासचिव डिल्लीराम काफ्ले, पूर्वसचिव दिपकबहादुर सिंह, पूर्ववरिष्ठ उपाध्यक्ष्ना कर्मबहादुर सिंह, पूर्वउपाध्यक्ष राजु महर्जन, लक्ष्मण योगी र आश्रम केसी, पूर्वसदस्यहरू मातृकाप्रसाद दाहाल, धर्मराज ओझा, भुवनबहादुर थापा, सन्तोषी वैद्य, झुनादेवी शर्मा, ओमकार गिरी, उत्तमबहादुर रिमाल, सुदिल विक, हरिबहादुर भुजेल र फणिन्द्र पछाईं छन् । उनीहरूलाई कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेतलगायत पदाधिकारीले सम्मान गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  २१:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro