site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकार लगानीमैत्री वातावरण बनाउन लागिपरेको छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार लगानीमैत्री वातावरण बनाउन लागिपरेको बताएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकार लगानीमैत्री वातावरण बनाउन द्रूत गतिमा आवश्यक कानुन संशोधनको तयारीमा जुटेको बताए ।

आगामी वैशाख १५ र १६ गते सरकारले लगानी सम्मेलनको आयोजना गरेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी व्यवसायीलाई आग्रह गरे । साना तथा मझौला उद्योगको प्रवर्द्धनमा सरकार अग्रसर भइरहेको जनाउँदै उनले रुग्ण अवस्थामा पुगेका उद्योग सञ्चालनका लागि अध्ययन गरिने बताए ।

उनले छिट्टै सरकारले वाणिज्य नीति समयानुकूल परिमार्जन गर्ने बताए । उद्योगी तथा व्यवसायीका समस्या समाधानका लागि सरकार संवेदनशिल रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले निजी क्षेत्र समृद्ध नभएसम्म देशको अर्थतन्त्र माथि उठ्न नसक्ने बताए ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro