site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ : उपाध्यक्ष भुसाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा (एमाले) नआए पनि मोर्चा कायम रहने बताएकी छन् । उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल नेकपा (एमाले) सहभागी नभए पनि मोर्चा कायम रहने बताएकी हुन् । 

उनले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने बताइन् । उनले समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै अहिले सत्ता समीकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुन नहुने बताइन् । 

भुसालले एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआए पनि आपसी असमझदारी हुन नहुनेमा जोड दिइन् । 

उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आवद्ध पार्टीहरूका बीचमा नीति, कार्यक्रमहरूमा सहमति बन्दै गएमा एकताको तहसम्म पुग्ने बताइन् । मोर्चाले समाजवादको आधार तयार पार्ने र सोही प्रकारको नीति, कार्यक्रम बनाउने उद्देश्य अनुरुप काम गरिरहेको उनले जानकारी दिइन् । 

मोर्चाले सरकारको नीति, कार्यक्रम र बजेटलाई समाजवादी बनाउनका लागि सल्लाह सुझाव पनि दिने उनको भनाइ छ । 

उपाध्यक्ष भुसालले आम जनतालाई समाजवादको आन्दोलनमा संगठित साझा मोर्चाको रूपमा समाजवादी मोर्चा रहेको पनि बताइन् । उनले आगामी दिनमा वाम ध्रुविकरण गर्दै देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने आधार तयार गर्नुपर्नेमा जोड दिइन् । – न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro