देश
काठमाडौं । पूर्वप्रधानन्यायाधी सुशीला कार्कीले महिला न्यायाधीशहरूले न्यायको क्षेत्रमा उचित निर्णय लिनसक्ने विश्वास रहेको बताएकी छन् । शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले महिला न्यायाधीशहरू न्यायालयमा आउन अहिले राम्रो वातावरण रहेको बताइन् ।
उनले न्यायालयमा संविधानले भनेअनुसारको महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको बताइन् । कार्कीले सम्मेलन नेपालमा महिला न्यायाधीशहरूको वृद्धिविकासका लागि ठूलो आयाम बन्ने विश्वास व्यक्त गरिन् ।
आगामी दिनमा महिला न्यायाधीशहरूले न्यायको क्षेत्रमा झनै उल्लेख्य अवसर पाउने र कार्यसम्पादन पनि राम्रो हुनेमा विश्वस्त रहेको बताइन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८० ११:४८
प्रतिक्रिया दिनुहोस्