site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
किन देखिन्छ जहाजमा बारम्बार समस्या ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली वायुसेवा कम्पनीका जहाजहरूमा अनेक किसिमका समस्या बेलाबेला देखिँदै आएका छन् । आन्तरिक उडान गर्ने कम्पनीका जहाजहरूमा फरक–फरक किसिमका समस्या देखिने गरेका छन् ।

कहिले उडान भर्न रनवेमा पुगेको जहाज पार्किङमै फर्किने, त कहिले इन्डिकेसनमा समस्या देखिने नै किन नहोस् ।

त्यतिमात्र होइन, उडिरहेको जहाज आपतकालीन ढोका खुल्ने, अनि कहिलेकाहीँ उड्न लागेका जहाजको ढोका खुल्नेजस्ता घटना देखापर्छन् । बेलाबखत देखिने यस्ता घटनाले यात्रुहरूमा समेत त्रासको वातावरण बन्ने गरको छ ।
घटना– १

Prabhu Bank
Agni Group
NIC Asia

गत मंसिरमा काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानका क्रममा जहाजको आपतकालीन ढोकाको सिसा नै खस्यो । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज मंसिर २४ गते बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो ।

उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीचरुटमै खसेको पाइएको हो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा भने केही देखिएको थिएन ।  तर, जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा भेटिएन ।

Global Ime bank

जहाजमा दुईजना प्यासेन्जर पनि थिए । ढोकाको सिसा ‘इन रुट’मै खसे पनि जहाज भने सकुशल अवतरण भएको थियो ।
 
घटना– २

गत पुस ५ गते पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुल्यो । त्यसपछि उडान रोकिएको थियो । उक्त दिन बिहान ९ बजे पोखराबाट काठमाडौंका लागि उड्न लागेको जहाज ‘स्टार्ट’ भइसकेपछि इमर्जेन्सी ढोका खुलेको थियो ।

इमर्जेन्सी ढोका नजिकै बसेका यात्रुको खुट्टाले लागेर ढोका खुलेको यात्रुले बताएका थिए ।

घटना– ३

यस्तै, श्री एयरलाइन्सको नाइन एन एएनएस कल साइनको जहाज धनगढी उडानका क्रममा ‘नोज गियर’ (चक्का) फुत्कियो ।

गत सोमबार जहाजले राति करिब ८ बजेतिर धनगढी एयरपोर्टमा अवतरण गर्‍यो । अवतरणलगत्तै जहाज पार्किङ वेमा लगेर यात्रु झारियो । यात्रु झारेपछि पाइलटलाई जहाजमा कुनै खराबी देखिएको आशंका लाग्यो ।

त्यसपछि पाइटलले जहाज चेक गरे । चेक गर्दा जहाजको ‘नोज गियर’ नै थिएन । पछि खोज्दै जाँदा ‘नोज गियर’ रनवे र ट्याक्सी वेको टर्निङ प्वाइन्टको चौरमा फेला परेको थियो । यी त केही प्रतिनिधि घटनामात्र हुन् । एप्रोनमा पाइलट नै झगडा हुने, इन्डिकेसनका समस्याका कारण आकस्मिक जहाज डाइभर्ट हुने, टेकअफ गर्न नसकेर रनवेबाट जहाज फर्किने जस्ता घटना पनि दोहोरिरहेका हुन्छन् ।

यस्ता घटनाले विश्वकै सबैभन्दा सुरक्षित यात्रा मानिने हवाई यात्रामा यात्रुमाझ त्रासको वातावरण उत्पन्न भएको छ ।

विभिन्न समयमा जहाजमा देखिएका समस्या एकै प्रकृतिका नभएर फरक–फरक खालका हुन्छ । जहाजमा देखिने धेरै जस्ता समस्याहरू ‘मिस ह्यान्डलिङ’ का कारण हुने गरेको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल बताउँछन् ।

भुलका अनुसार, बुद्ध एयरको जहाजको ढोका खुल्ने, जहाजका सिसा खस्नेजस्ता घटना ‘मेकानिकल’ कारण हो । जसमा अप्रेटर, दैनिक चेक गर्ने इन्जिनियर अथवा यात्रुको ‘मिस ह्यान्डलिङ’का कारण यस्ता घटना भएका छन् ।

तर, केही घटना प्राविधिक कारण घट्छ । सोमबार भएको श्री एयरको घटना भने प्राविधिक कारण देखिएको प्रवक्ता भुलले जानकारी दिए । 

“यो घटना हजारौंमा घट्ने घटनामध्ये एउटा हो । यो भनेको एयरलाइन्स र इन्जिनियरको भन्दा पनि म्यानिफ्याक्चर कम्पनीको डिफ्याक्ट हो,” उनले भने, “म्यानिफ्याक्चर कम्पनीमा पनि नोज गियर जसले बनाएको कम्पनीले पनि यसको रिलिज गन आवश्यक छ ।”

प्रवक्ता भुलकाअनुसार, करिब १३ वर्ष पहिला यती एयरलाइन्सको ‘जेट स्टिम’ जहाज विराटनगरमा पनि त्यस्तै भएको थियो । तर, त्यो घटना दिउँसो थियो, सबैलाई थाहा भयो ।  “सोमबार पनि जहाज ल्यान्ड गरेर यात्रु सकुशल पार्किङमा पुगेपछि घटना थाहा भयो । यसमा भगवानलाई धन्यवाद भन्नुपर्छ । कुनै पनि मानवीय क्षति भएन,” भुलको भनाई छ ।

यो घटनामा प्राधिकरणले आन्तरिक छानबिन गरेर सम्बन्धित ड्युटीमा भएका दुईजना एयरक्राफ्ट मेन्टिनेन्स इन्जिनियर (एएमई)लाई कारबाही गरेको छ ।

जहाजको जुन ठाउँमा नियमित मर्मतसम्भार ‘मेन्टिनेन्स रिपियर एन्ड ओभरल अर्गनाइजेसन’ (एमआरओ) गर्न कम्पनीलाई पनि निलम्बन गरिएको छ । प्राधिकरणले उत्पादक कम्पनीलाई पनि उक्त घटनाको तस्बिरसहित विवरण पठाइसकेको छ ।

एयरलाइन्स कम्पनीसँग प्राधिकरणको टिमले घटना कसरी भयो ? के कारण भयो ? भन्ने विषयमा सोधपुछ गरिसकेको जानकारी भुलले दिए । घटना भएको दिन श्रीएयरका सबै जहाज चेक गरेरमात्र रिलिज गरिएको थियो ।

श्रीएयरको घटनालाई गम्भीर रुपमा लिएर छानबिन गरिरहेको प्राधिकरणका प्रवक्ता भुल बताउँछन् । “मेसिन भनेको मानव निर्मित हो, केही न केही समस्या पक्कै आउँछ,” उनले भने, “तर यस्तो खालको केसलाई सामान्य रुपमा लिइँदैन, लिइएको पनि छैन ।”

नोज ल्यान्डिङ गियर नै निस्कनु सामान्य नभएको भुल बताउँछन् । 

“जहाजको पछिल्लो ल्यान्डिङ गियरमाथि इन्डिकेसन हुन्छ । तर नोज ल्यान्डिङ गियरमाथि ककपिटमा इन्डिकेसन पनि हुँदैन । नोज ल्यान्डिङ गियर निस्कनु सामान्य कुरा होइन,” उनले भने । साना साना घटना नियमित मेन्टिनेन्स वा मानवीय त्रुटिका कारण हुन्छन् । कुनै घटना वायुसेवा कम्पनीको इन्जिनियर कारणले त, कुनै पाइलटका कारणले यस्ता घटना हुन्छन् ।

‘म्यानिफ्याक्चरिङ डिफ्याक्ट’ भन्नाले हरेक पाटपूर्जाको म्याद हुन्छ । कति साइकल चल्ने, कति घण्टा चल्ने, कति समयसम्म चल्ने भन्ने हुन्छ । त्यो भन्दा पहिले काम नगर्नु भनेको सम्बन्धित कम्पनीकै कमजोरी हो ।

यस घटनाको विषयमा प्राधिकरणको फ्लाइट सेफ्टीको एयर वेर्डिनेस टिमले सम्बन्धित जहाज उत्पादक कम्पनी र वायुसेवा कम्पनीसँग क्लोज कोअर्डिनेसनमा काम गरिरहेको भुलले बताए ।

उक्त जहाजलाई धनगढीमै ग्राउन्डेड गरिएको छ । “प्राधिकरण र वायुसेवा कम्पनीको इन्जिनियर र ल्यान्डिङ गियरको उत्पादन गर्न कम्पनीसँगको क्लोज कोअर्डिनेसनमा काम गरिरहेको छ,” उनले भने ।

प्राविधिक समस्या निराकरण गर्न प्राधिकरणले के गर्दैछ ?

सर्वप्रथम यस्ता समस्या निराकरण गर्न जहाज निर्माता कम्पनी र वायुसेवा कम्पनीले आफ्नो ठाउँमा ध्यान दिनु जरुरी रहेको भुल बताउँछन् । प्राधिकरणले सम्पूर्ण वायुसेवा कम्पनीको समय–समयमा अडिट गर्दै आएको छ । यस्ता खालका समस्या निराकरण गर्न अडिट र सर्भिलेन्समा कडाइ गरेको भुल बताउँछन् ।

“हरेक घटनापछि नयाँ पाठ सिकिन्छ नै । तर घटना घटेपछि मात्र पाठ सिक्ने कि एउटा घटनाबाट धेरै पाठ सक्ने भन्ने कुरा हो । त्यसैले श्री एयरलाइन्सको विषयमा हामीले त्यही दिन पनि सबै जहाजको टेक्निकल टेस्ट गरेका थियौं । हामीले निगरानी बढाएका छांै । प्रत्येक ल्यान्डिङ चेक–जाँच गरिरहेका छौं,” भुलले भने ।

श्री एयरलाइन्सको घटनामा कुनै पनि हकमा छुट दिन सक्ने अवस्था नरहेको उनले बताए । 

“गम्भीर खालका घटनालाई हामीले गम्भीर रुपमा लिनुपर्ने हुन्छ । यस घटनालाई कुनै पनि हकमा छुट दिन सक्ने अवस्था छैन,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement