site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महिला न्यायाधीशको पहिलो राष्ट्रिय सम्मेलन भोलिदेखि 

काठमाडौं । महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन भोलि (शुक्रबार)देखि हुने भएको छ । ‘न्यायिक प्रणालीमा लैंगिक समानताको अभिवृद्धि हाम्रो प्रतिबद्धता’का साथ ललितपुरको होटेल हिमालयनमा बिहान ९ बजेबाट सम्मेलन सुरु हुनेछ ।  

सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा सर्वोच्च अदालत, उच्च अदालतल र जिल्ला अदालतमा कार्यरत ४३ न्यायाधीशसहित पूर्वमहिला न्यायाधीशहरू र सर्वोच्च अदालतका न्यायाधीशहरूकोे सहभागिता रहने सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले जानकारी दिइन् ।

राष्ट्रिय न्यायिक प्रतिष्ठानको आयोजनामा हुने सम्मेलनमा न्यायिक समुदायभित्र सहकार्य, सशक्तिकरण र समान सहभागिताका वकालतको हल हुने बताइएको छ । न्यायाधीश समाजको अध्यक्ष समेत रहेकी न्यायाधीश प्रधानले महिला न्यायाधीशहरूका अनुभव गरेका चुनौतीहरूको पहिचान, चुनौती व्यवस्थापनका सवाल र व्यावसायिक क्षमता विकासका लागि सम्मेलन विचारको आदानप्रदान गर्ने मञ्च बन्ने विश्वास व्यक्त गरिन् । 

पत्रकार सम्मेलनमा महिला न्यायाधीश समाजको अध्यक्ष समेत रहेकी सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदीले अनुभव आदानप्रदान, लैंगिक न्यायको विषय र व्यावसायिक क्षमता अभिवृद्धिका लागि पनि सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरिन् ।

हाल सर्वोच्च अदालतमा तीन, उच्च अदालतमा एक मुख्य न्यायाधीशसहित २२ र जिल्ला अदालतमा १८ महिला न्यायाधीश छन् । कुल न्यायाधीश संख्याको १०.५३ प्रतिशतको संख्यामा रहेका महिला न्यायाधीशहरूले आगामी दिनमा संख्या र प्रतिशतमा निरन्तर वृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् । 

सम्मेलनमा प्रथम महिला न्यायाधीशदेखि प्रथम महिला प्रधानन्यायाधीश सुशिला कार्कीको सहभागिता रहने छ । सम्मेलनको अन्त्यमा ललितपुर घोषणापत्र जारी हुने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro