site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वमन्त्रीका छोराले नियमविपरीत चलाएको मोटरसाइकल नियन्त्रणमा लिँदा नौ जना प्रहरी नै कारबाहीमा
SkywellSkywell

काठमाडौं । ट्राफिक नियमअनुसार लाइसेन्स र हेलमेटविना सवारी चलाउँदा ट्राफिक कारबाहीमा पर्नु स्वाभाविक हो । तर, ललितपुरमा एउटा अनौठो घटना भयो, लाइसेन्स र हेलमेटविनाका मोटरसाइकल चालकलाई नियन्त्रणमा लिँदा उल्टो नौ जना प्रहरीले कारबाही भोग्नुपरेको छ ।

घटना गत पुस ६ गतेको हो । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले हेलमेटविना सवार मोटसाइकल चालकलाई नियन्त्रणमा लियो । बुलेट मोटरसाइकलमा विनाहेलमेट तीन जना सवार थिए । उनीहरुलाई रोक्दै ट्राफिक प्रहरीले मोटरसाइकलको कागजात र लाइसेन्स मागे । उनीहरुले ट्राफिक प्रहरीलाई न कागजात दिए न लाइसेन्स नै ।

उल्टै ट्राफिक प्रहरीले दुःख दियो भन्दै भिडियो बनाउन थाले । एक ट्राफिक प्रहरीले तीनजना युवालाई नियन्त्रणमा लिन सक्ने कुरै थिएन । उनले डिउटीका अरु प्रहरीसँग सहयोग मागे ।

Dabur Nepal
NIC Asia

प्रहरीले तीन जनालाई नियन्त्रणमा लिने प्रयास गरे । तर, विनाहेलमेट मोटरसाइकलमा सवार युवाहरुले प्रतिकार गर्न खोजे ।  त्यो बेला प्रहरी र उनीहरुबीच केही समय धकेलाधकेलसमेत भयो । प्रहरीले उनीहरुलाई बल प्रयोग गरेर प्रहरी प्रभाग इमाडोल पुर्‍याए ।

उनीहरुले आफूहरुलाई नछाडे प्रहरीकै जागिर खाइदिने भन्दै धम्की दिन थाले । तर, उनीहरुको धम्कीलाई प्रहरीले वास्ता गरेन । 

जब पूर्वमन्त्रीको फोन आउन थाल्यो

विनाहेलमेट एउटा मोटरसाइकलमा तीनजना चढेर हुइकिने युवाहरुमध्ये दुई नवप्रवेसी नेपाली कांग्रेसकी नेतृ एवं पूर्वबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीका छोरा रविरन्जन र अभिरन्जन चौधरी थिए । अर्का युवा अच्युत झा थिए ।

उनीहरुलाई प्रहरीले अनावश्यक थुनामा राखेको जिकिर गर्दै चन्दा चौधरीले प्रहरी अधिकारीमार्फत इमाडोल प्रहरीलाई दबाब दिन थालिन् । पछि चौधरीकै दबाबका कारण ललितपुर प्रहरी परिसर जावलाखेलले विनाहेलमेट तीन जना चढेर मोटरसाइकल चलाउने युवाहरुलाई कारबाही गर्नुको साटो प्रहरी कर्मचारीलाई नै कारबाही गरेको तथ्य खुलेको छ ।

पूर्वमन्त्री चौधरीका छोराहरुलाई नियन्त्रण गर्ने प्रहरी हवाल्दार रामचन्द्र पाठक निलम्बनमा परेका छन् ।  अन्य आठ प्रहरी कर्मचारीलाई विभागीय कारबाही भएको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले नौ जना प्रहरीलाई कारबाही गरेको जानकारी दिए । ती नौ प्रहरीलाई केही दिनअघि कारबाही भएको हो ।

उनले भने, “मोटरसाइकलमा विनाहेलमेट तीन जना चढेकै हुन् । कसैको दबाबमा भन्दा पनि उनीहरुले कार्यालय प्रमुखलाई जानकारी नै नदिई थुनामा राखेको खुलेपछि हामीले कारबाही गरेका हौं ।”

तर, अन्य यस्ता कयौँ घटना छन्, जहाँ प्रहरीले पोशाकका प्रहरीमाथि हातपात गरेको भन्दै सवारी चालकमाथि मुद्दा चलाएका छन् । तर, पूर्वमन्त्रीका छोरा नियन्त्रण गर्दा भने फिल्डमा खटिएका प्रहरी कर्मचारीमाथि कारबाहीको डन्डा चलाइएको छ ।

पूर्वमन्त्री चौधरीले घटनाबारे पूर्वगृृहमन्त्री नारायकाजी श्रेष्ठ र कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराएको स्वीकार गरिन् । तर प्रहरीलाई कारबाही गर्न कुनै दवाब नदिएको दाबी गरिन् ।

उक्त घटनाबारे पूर्वमन्त्री चौधरीले बाह्रखरीसँग भनिन्, “मेरा बच्चाहरुलाई ट्राफिक नियम अनुसार कारबाही गर्नुपर्ने थियो । तर, प्रहरीले उनीहरुलाई धेरै नै पिटेको छ । हिँड्नै नसक्ने गरी कुटेको छ । त्यस्तो त गर्नुभएन नि ! अनि मैले मेरा बच्चाहरुमाथि प्रहरीले कुटपिट ग¥यो भनेको हुँ । तर उनीहरुलाई के कारबाही भयो भन्ने मलाई केही थाहा छैन ।”

चौधरी लोकतान्त्रिक समाजवादी पार्टीकी महामन्त्री थिइन् । उनी गत संसदीय चुनावको मुखमा २०७९ असोजमा कांग्रेस प्रवेश गरेकी हुन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu