site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
सकियो ‘मोदीबेनी’को छायांकन
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘मोदीबेनी’को छायांकन ३१ दिनमा सकिएको छ । बुधबार पर्वतको फलेवासमा कलाकार वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम सट दिँदै छायांकन प्याकअप गरेका हुन् ।

दुई चरणमा भएको चलचित्रको छायांकन काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे र पर्वतको मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

चार दशक अगाडि र अहिलेको कथालाई मिश्रण गरी बनाइने चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्ने निर्माण पक्षले जनाएको छ ।

अमरप्रताप श्रेष्ठले यही सिनेमाबाट डेब्यु गरेका छन् भने अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गरेकी छन् । यो शंकर कोइरालाको पनि डेब्यु निर्देशन हो । 

Global Ime bank

चलचित्रमा अमर प्रताप श्रेष्ठ, वर्षा सिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराईलगायत कलाकारको अभिनय छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement