काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले कायम गर्न खोजेको सुशासनका कारण गर्दा अर्थतन्त्रमा सुधार भएको बताएका छन् । आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको (कर प्रस्तावबाहेक) माथिको छलफलमा पुनले प्रधानमन्त्री र पूर्वमन्त्रीहरूले सुशासनमा गरेको पहलले गर्दा अर्थतन्त्रमा सुधार हुँदै आएको बताएका हुन् ।
“बाह्य क्षेत्रमा केही सुधार देखिएको छ । प्रधानमन्त्री र पूर्वमन्त्रीहरूका केही प्रयासहरू छन् । त्यसमा मुख्यगरी बाह्य क्षेत्रमा सुशासनका कारणले सम्भव भएको छ, ” उनले भने, “केहीले युवा विदेश पठाएका छन्, रेमिट्यान्स पठाउँछन्, यो त स्वभाविक हो भन्छन् । तर, हैन देशमा सुशासनका कारण हुन्डीबाट आउने, क्रिप्टोमा लगानी गर्ने अरु–अरु कुरा विस्तारै रोकिएपछि फर्मल च्यानलमा आउँदा फरेनकरेन्सी रिजर्भलगायत बाह्य क्षेत्रमा सुधार देखिएको छ ।”
केही क्षेत्रमा अर्थतन्त्र चलायमान देखिएको पुनले बताए । राष्ट्र बैंकका कोसिसले मौद्रिक नीतिगत क्षेत्रमा सुधार देखिएको पनि उनले बताए ।