site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचनका लागि इलाम कांग्रेसद्वारा उमेदवार सिफारिस : आचार्यको नाम पहिलो नम्बरमा 

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उमेदवार सिफारिस गरेको छ । मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो । यी नामहरू जिल्ला र प्रदेश कार्यसमितिले रायसहित केन्द्रमा पठाउनेछ । 

इलाम क्षेत्र नम्बर २ क्षेत्रीय सभापति डिकेन्द्र इदिंगोले दिएको जानकारीअनुसार बैठकले पहिलो नम्बरमा भेषराज आचार्यको नाम सिफारिस गरेको छ । आचार्य महासमिति सदस्य हुन् । सभापति इदिंगोका अनुसार दोस्रो नम्बरमा नेता केशव थापाको नाम सिफारिस गरिएको छ ।

यस्तै, क्रमश जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस भएको छ । बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस गरेको छ । “यी नामहरूमा जिल्ला र प्रदेश कार्यसमितिले राय लेखेर पठाउनेछन् र केन्द्रले फाइनल गर्नेछ,” उनले भने, “पहिलो नम्बरमा नेता भेषराज आचार्यको नाम हामीले सिफारिस गरेर पठाएका छौँ ।”

इलाम क्षेत्र नम्बर २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । गएको निर्वाचनमा एमालेबाट निर्वाचित सांसद सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि निर्वाचन अयोगले चैत २४ गतेका लागि उमेदवारी दर्ताको मिति तोकेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro