site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्रीलाई सांसदले भने– सहकारी ठग्न कांग्रेसलाई नपढाउनू 

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिक्पालकुमार शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले पीडकलाई कारबाही गरी पीडितलाई न्याय दिन आरोपित गृहमन्त्रीले राजीनामा दिएर सहयोग गर्न आग्रह गरे । 

उनले गृहमन्त्रीलाई दोहोरो नागरिकता, पासपोर्ट लिन र सहकारी ठग्ने विषयमा नपढाउन आग्रह गरे । “गृहमन्त्रीज्यूले नेपाली कांग्रेसलाई पढाउन खोज्नुभएको रहेछ । मेरो अनुरोध छ, कांग्रेसलाई पढाउँदा दोहोरो नागरिकता, पासपोर्ट, सहकारी ठग्न र सुन तस्करसँग साँठगाँठ गर्न नसिकाउनुहोला,” उनले भने, “माओवादी पार्टी सुन पार्टी छ रे । अर्थमन्त्री तथा उच्च नेता सुन तस्करीमा जोडिनुभएको खबर छ ।” 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यसको जवाफ माग गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro