site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महालक्ष्मी विकास बैंकको दुईदिने कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले दुईदिने 'नेतृत्व एकताको विकास तथा शारीरिक स्वस्थता'सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । बैंकले फागुन २६ देखि र २७ गते चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुखहरू, केन्द्रीय कार्यालयका कर्मचारीहरू र शाखा प्रबन्धकहरूको उपस्थितिमा कार्यशाला गोष्ठी गरेको हो ।

सेमिनारमा हाल अर्थतन्त्रमा देखिएको मन्दीका बीच आगामी दिनमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको र यस अवस्थामा बैंकको व्यवसाय विस्तार, ग्राहकहरूको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीको सामूहिक प्रयत्न आवश्यक रहने निचोडका साथ सम्पन्न भएको बताइएको छ ।

Dabur Nepal
NIC Asia

आर्थिक वर्ष २०८०/८१ को बाँकी समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा व्यापक छलफल भएको जानकारी दिइएको छ ।

कार्यशाला गोष्ठीमा कर्मचारीको सामूहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्त्वपूर्ण आधारशीला हुन भन्ने सम्बन्धमा व्यवहारिक अभ्यासहरूसमेत गरिएको थियो । 

महालक्ष्मी विकास बैंकले हाल १०३ शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro