site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपक मनाङे फेरि स्वतन्त्र !
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

पोखरा । निर्विरोध निर्वाचित गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)ले नेकपा (एकीकृत समाजवादी) त्यागेका छन ।

स्वतन्त्र चुनाव जितेपछि उनी एकीकृत समाजवादीमा लागेका थिए । तर, उनले आइतबार आफू स्वतन्त्र नै रहेको भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् ।

बिनाकारण केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै उनले दलीय आबद्धता त्यागको निवेदन दर्ता गराएका हुन् ।

"स्वतन्त्ररूपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा (एकीकृत समाजवादी) दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेशसभा सचिवलाई निवेदन पेस गर्दछु’, उनले निवेदनमा लेखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro