site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालमा लोकतन्त्र त छ तर चालचलन ‘गोर्खाली सम्राज्यवाद’को भयो : अध्यक्ष ठाकुर
फाइल तस्बिर ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर नेपालमा लोकतन्त्र आए पनि चालचलन ‘गोर्खाली सम्राज्यवाद’को भएको बताएका छन् । शनिबार सिरहामा सहिद केशव कोइरालाको सालिक अनावरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“...अहिले यस्तो लाग्छ, यो नेपाल लोकतन्त्र त छ, गणतन्त्र पनि छ, तर अहिले पनि यहाँको चालचलन गोर्खाली सम्राज्यवादको जस्तै छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

उनले राष्ट्रपति रामचन्द्र पौडेल सहभागी कार्यक्रममा आफ्ना सांसदहरूको उपेक्षा भएको बताए । ‘अपमान’ गर्ने जानकारी भएको भए आफू कार्यक्रममै नआउने भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

“केही भन्नुपूर्व म निवेदन गर्न चाहन्छु, महोत्तरीको जिल्लाको हाम्रै क्षेत्रको सांसदहरू पनि हामीसँगै आएका थिए । अहिले मैले यहाँ देखिनँ । सम्माननीय राष्ट्रपतिजी, यो तपाईंको कार्यक्रम होइन, यो त यहाँका मेयरको कार्यक्रम हो,” उनले भने, “उहाँकै निमन्त्रणमा म आएको हुँ । अहिले पनि मलाई थाहा थिएन कि यस तरिकाको अपमान हाम्रा सांसदहरूको हुन्छ । जो तपाईंसँगै तपाईंको स्वागतका लागि आएका थिए । उनीहरूलाई औपचारिकताको रूपमा नाम समेत बोइएन । यो के हो ?”

लोकतन्त्रमा जनतामा अधिकार हुने उनले उल्लेख गरे । सबैभन्दा माथि पनि जनता नै रहने उनले बताए । “हामी लोकतन्त्रको लागि संघर्ष गरेका हौँ । तर, लोकतन्त्रमा जनतामा अधिकार हुन्छ । सबैभन्दा माथि जनता हुन्छन्,” उनले भने, “मैले यहाँ मेयरसँग बुझ्दा माथिबाटै आएको आदेश भन्नुभयो । सबैभन्दा माथि त हाम्रैसामु हुनुहुन्छ, उहाँभन्दा माथि त संविधानमा नेपालमा कोही छैन ।”

उनले कुनै पनि बेला विद्रोह हुन सक्ने चेतावनी दिए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro