site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थमन्त्री र गभर्नर झगडा गरेर बस्ने होइन, समन्वयमा काम गर्ने हो : पुन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मन्त्रालय नेपाल राष्ट्र बैंकको प्रतिस्पर्धी नभएको स्पष्ट पारेका छन् ।

शनिबार राजधानीमा राष्ट्रिय वाणिज्य बैंकले आयोजना गरेको व्यवस्थापन सम्मेलनमा उनले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायनमान बनाउनुपर्ने बताए । सरकार र राष्ट्र बैंक दुवैले जनताका अपेक्षा, आकांक्षा र संविधानले दिशानिर्देश गरेअनुसारका कानुन र नियमावलीभित्र बसेर काम गर्ने भएकाले एकार्कालाई आरोपित गर्नु गलत भएको उनको भनाइ थियो ।

उनले सरकार र राष्ट्र बैंकबीच रचनात्मक, सहयोगात्मक र आपसी समन्वयात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिए । राष्ट्र बैंक मौद्रिक नीतिमार्फत सरकारको वित्तीय नीति कार्यान्वयन गर्ने निकाय भएकाले एकार्कामा समन्वय नभए त्यसको असर मुलुकको समग्र अर्थतन्त्रमा पर्ने उनले उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“जहिले पनि अर्थमन्त्री र गभर्नरलाई प्रतिस्पर्धीजस्तो बनाउने गरिएको छ,” पुनले भने, “यो कसरी हुनसक्छ ? हामी एकार्कामा झगडा गर्ने र आफूलाई माथि देखाउन अरूको गल्ती औँल्याउने होइन । यो व्यक्तिगत नभई राज्य सञ्चालनको विषय भएकाले जहाँ समस्या हुन्छ, त्यहाँ मिलेर काम गर्ने हो ।”

राष्ट्र बैंक सञ्चालक समितिका सातमध्ये चारजना अर्थात् बहुमत सदस्य सरकारले पठाएका व्यक्ति हुने भन्दै उनले सरकारमा बस्नेले गर्भनरलाई आरोपित गर्न नमिल्ने स्पष्ट पारे । राष्ट्र बैंक सञ्चालक समितिमा सरकारका तर्फबाट अर्थसचिव र तीन विज्ञलाई सञ्चालकका रूपमा पठाउने व्यवस्था छ । गर्भनर र दुई डेपुटी गभर्नर सदस्य हुन्छन् ।

Global Ime bank

बोर्डमा बहुमत भएको सरकारका प्रतिनिधिले गभर्नरलाई आरोपित गर्नु भनेको आफ्नो अयोग्यता र अक्षमता ढाकछोप गर्नु रहेको उनको टिप्पणी थियो । “सरकार अर्थसचिव आफैँले बोर्डमा पठाउने, तीनजना अरू स्वतन्त्र विज्ञहरू बोर्डमा पठाउने । सातमध्ये चारजना बहुमत लिएर बसेर गभर्नरलाई अराोपित गर्नु आफ्नो अयोग्यता र कमजोरी ढाकछोप गर्नु हो,” उनले भने, “यदि, हामीले पठाएका सञ्चालक र सचिव योग्यतम वा ठिक छैनन् भने फिर्ता गर्ने या गभर्नर र डेपुटी गभर्नरसँग संवाद गरेर समस्याको समाधान गर्ने हो ।”

राष्ट्र बैंकको काम राजनीतिक नेतृत्वको ‘भिजन’लाई आफ्नो विज्ञतामार्फत कार्यान्यवन गर्नु हुने पनि मन्त्री पुनले स्पष्ट गरे । “लोकतन्त्रमा समस्या आए संवाद गर्ने हो । ठूलठूला युद्धमा रहेका देशले त संवाद गर्छन् । प्रतिस्पर्धीबीच पनि संवाद हुन्छ । हामी त प्रतिस्पर्धी होइनौँ नि,” उनले भने ।

हाल बजारमा पर्याप्त तरलता (लगानीयोग्य रकम) भएको उनले बताए । विगतमा तरलता अभाव भएका बेला ल्याइएका कठोर नीतिमा लचकता अपनाउन उनले राष्ट्र बैंक नेतृत्वलाई आग्रह समेत गरे ।

उनले नियामक निकायको काम थप अप्ठेरो पार्ने नभई सहजीकरण गर्नु पनि भएको धारणा राखे । राष्ट्र बैंकलाई राज्यले स्वतन्त्र नियामक निकाय मानेको र त्यसमा कार्यकारी स्वायत्तता हुने भएका कारण सरकारले उसका काममा हस्तक्षेप गर्न नमिल्ने उनले उल्लेख गरे । राज्यको निश्चित निर्देशनभन्दा बाहिर भने राष्ट्र बैंक वा कुनै नियामक निकाय हुन नसक्ने मन्त्री पुनले बताए ।

कार्यक्रमको मञ्चमा गभर्नर महाप्रसाद अधिकारी पनि थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय