site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको प्रश्न– हामी फाइल खोल्न तयार छौँ, अरू सबै तयार हुनुहुन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले सरकार सांसदहरूले उठाएको प्रश्नको जवाफ नदिइकन जबरजस्ती अघि बढेकाले संसद् अवरोध गर्नुपरेको बताएकी छन् ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उपप्रधान एवं गृहमन्त्रीविरुद्ध उजुरी परेको र छानबिन भइरहेको अवस्थामा प्रधानमन्त्रीसँग उनको नियुक्तिबारे जवाफ माग्दा सरकार पक्ष जबरजस्ती अघि बढेको बताइन् । उनले संसद् अवरोधलाई सरकारले जवाफदेहिता नदेखाउँदाको परिणामका रूपमा लिनुपर्ने बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले कांग्रेस लोकतान्त्रिक अभ्यासबाट नै अघि बढेको पनि बताइन् । भ्रष्टाचार र अनियमिततासम्बन्धी फाइलहरू सबै खोल्नुपर्ने र अपराधमा संलग्नहरूलाई कारबाही हुनुपर्ने उनको भनाइ छ ।

"विधेयकलाई अघि सारौँ भन्नेमा सरकार पक्ष जबरजस्ती लाग्नुभएको हो । यो विवादास्पद विषय छ, हामीले विगतको संसद्‌मा पनि हेरेका छौँ । विगतमा पनि प्रश्न उठ्यो । त्यसमा अलिकति जवाफदेही तरिकाले सरकार नगएको हुनाले लोकतान्त्रिक अभ्यासबाट अघि बढेका हौँ । गैर लोकतान्त्रिक अभ्यासबाट गएका छैनौँ । फाइल कति वटा छ ? तपाईंहरूले सुन र पुनको पनि कुरा सुन्नुभयो होला नि । फाइल कतिवटा ओपन गर्ने ? २७५ जना माननीयहरू तयार हुनुहुन्छ ? कांग्रेस फाइल खोल्न तयार छ," उनले भनिन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय