खेल
काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेशका लागि साविक विजेता म्यान्चेस्टर सिटीले प्रतियोगिताकै सर्वाधिक सफल टोली रियाल मड्रिडको चुनौती सामना गर्ने भएको छ ।
शुक्रबार भएको ‘ड्र’ बाट इंग्लिस क्लब सिटीले स्पेनिस प्रतिद्वन्द्वी पाएको हो । प्रतियोगिताको सबैभन्दा सफल टिम रियालले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
यस्तै, ‘ड्र’ बाट अर्को स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) को सामना गर्ने भएको छ । स्पेनिस क्लब एट्लेटिको मड्रिड र बोरुसिया डर्टमन्ड भिड्दा आर्सनललाई बायर्न म्युनिखले चुनौती प्रस्तुत गर्ने भएको छ ।
प्रतियोगिताको क्वार्टरफाइनल खेलहरू अप्रिल ९ देखि सुरु हुनेछन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० १७:३४
प्रतिक्रिया दिनुहोस्