site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिफा वरीयताको शीर्ष १०० भित्र नेपाली महिला टिम 

काठमाडौं । फिफा वरीयतामा नेपाली महिला टिमले पाँच स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल पाँच स्थान सुधार गर्दै शीर्ष १०० भित्र प्रवेश गरेको हो । नयाँ वरीयताअनुसार नेपाल १००औँ स्थानमा छ ।

नेपाली महिला टिमले गत फेब्रुअरीमा भएको वाफ महिला च्याम्पियनसिपमा फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनलमा जोर्डनसँग पेनाल्टीमा पराजित हुँदा नेपाल उपविजेतामा सीमित बनेको थियो । 

दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा छ । पहिलो स्थानको भारत ६६औँ स्थानमा । तेस्रो स्थानको बंगलादेश १४०औँ, चौथो स्थानको श्रीलंका १५७औँ, पाँचौँ स्थानको पाकिस्तान १५८, छैटौँ स्थानको माल्दिभ्स १६१औँ र पुछारको भुटान १७३औँ स्थानमा छ ।

फिफा वरीयताको शीर्ष स्थानमा भने विश्वकप विजेता स्पेन कायमै छ । दोस्रो स्थानमा इंग्ल्यान्ड, तेस्रोमा फ्रान्स, चौथोमा अमेरिका र पाँचौमा जर्मनी छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro