site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारी ठगीमा सरकारले दूधको साक्षी बिरालो राखेको सांसदको आरोप 

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापाले सरकारले सहकारी ठगीको अनुसन्धानमा दूधको साक्षी बिरालो राखेको बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

नागरिकले गाँस काटेर सहकारीमा गरेको बचतको साँवा व्याज फिर्ताका लागि नागरिक आन्दोलनमा रहेका बेला सरकारले भने सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई अनुसन्धान मन्त्रालयको नेतृत्व दिएको बताइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हाल देशैभरका निम्नवर्गीय नागरिकहरूरु गाँस कटाएर गरेको बचत रकमको साँवा व्याज फिर्ता पाउनका लागि आन्दोलनरत छन् । देशमा राजनीतिक, सामाजिक निराशालाई मलजल गर्नेगरी आर्थिक निराशा र असुरक्षा चुलिएको वर्तमान अवस्थामा नेपालको तीन खम्बे अर्थनीतिको एउटा खम्बा सहकारी क्षेत्रमा केही ठगहरूले सहकारीका मान्यता विपरीत रकम अपचलन गरेका कारण आज सहकारी क्षेत्र तहसनहस छ,” थापाले भनिन्, “जुन व्यक्ति सहकारीको रकम अपचलन गरेको आरोपमा अनुसन्धानको दायरामा हुनुहुन्छ । त्यही व्यक्तिलाई अनुसन्धान गर्ने मन्त्रालयको बागडोर सम्हाल्न दिएको देख्दा वर्तमान सरकारले दूधको साक्षी बिरालो राख्नुले एकातिर गम्भीर नैतिक प्रश्न खडा गरेको छ भने अर्कोतर्फ अनुसन्धान प्रमावित हुने चिन्ता बढेको छ ।” 

उनले यस्तो अवस्थामा पीडितले न्याय पाउलान् भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्