site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुन तस्करीमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस
फाइल तस्बिर ।

काठमाडौं । पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले मुद्दा चलाउन सिफारिस गरेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । महरालाई आयोगले बयान समेत लिएको थियो । 

Dabur Nepal
NIC Asia

आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो ।

महरा १० पुस २०७९ मा फ्लाई दुबईबाट नेपाल भित्र्याइएको इलेक्ट्रिक सिगरेट (भेप) मार्फत तस्करी भएको नौ किलो सुनसँग जोडिएका थिए ।सरकारले साउनमा तस्करी भएको ६१ किलो सुन र भेपमार्फत भएको सुन तस्करीबारे छानबिन गर्न असोजमा उच्च अदालतका पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ११:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro