site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
सामसङ ग्यालेक्सी फिट थ्री नेपाली बजारमा

काठमाडौं । सामसङ नेपालले नयाँ सटिक फिटनेस ट्रयाकर ‘ग्यालेक्सी फिट थ्री’ नेपाली बजारमा ल्याएको छ । यसमा अत्याधुनिक स्वास्थ्य–निगरानी प्रविधि रहेको सामसङको दाबी छ ।

यसले प्रयोगकर्तालाई उत्कृष्ट अनुभव गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्छ । ‘ग्यालेक्सी फिट थ्री’ सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस हो र यसमा फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडी छ । 

“स्वास्थ्यबारे सोच्ने यस आधुनिक युगमा, मानिसहरूले आफ्नो स्वास्थ्यमा थप गहिरो अन्तर्दृष्टि खोज्छन्, र सामसङ उनीहरूको यस प्रयासमा सहयोग गर्न अत्याधुनिक स्वास्थ्य निगरानी उपकरणहरू प्रदान गर्न समर्पित छ,” सामसङ नेपालका एमएक्स बिजनेसका निर्देशक प्रणय रत्न स्थापितले भने ।

‘ग्यालेक्सी फिट थ्री’लाई एल्युमिनियम बडी, अमोल्ड स्क्रिन र १.६ इन्चको डिस्प्लेको साथ डिजाइन गरिएको छ । जुन अघिल्लो मोडलको तुलनामा ४५ प्रतिशत फराकिलो छ । जसले प्रयोगकर्ताहरूलाई एकै नजरमा विस्तृत इनसाइट्स जाँच गर्न सजिलो बनाउँछ । स्कील देखिने ग्यालेक्सी फिट थ्री’को तौल हलुका र लगाउन एकदमै आरामदायक छ ।

Global Ime bank

यसको ब्याट्री १३ दिन सम्म टिक्ने कम्पनीले जनाएको छ । १०० भन्दा बढी प्रिसेटहरू सेटिङबाट आफ्नो मनपर्ने वाच फेस छनोट गरेर वा ब्याकग्राउन्डको रूपमा आफ्नै फोटोहरू सेट गरेर यसलाई थप स्टाइलिस बनाउन सकिन्छ । यसले प्रयोगकर्ताको निद्राको ढाँचाहरू ट्रयाक गर्दछ, घुर्ने पत्ता लगाउने र रगतमा अक्सिजनको स्तरलाई थप विस्तृत मापनहरू प्रदान गर्नको लागि निगरानी गर्ने समेत कम्पनीको उल्लेख गरेको छ ।

प्रयोगकर्ताहरूले कुनै पनि समयमा १०० प्रकारका व्यायामहरू ट्रयाक गरी व्यायाम रेकर्डहरू सजिलैसँग समीक्षा गर्न सक्छन्, जसले उनीहरूलाई आफ्नो लक्ष्यहरू प्राप्त गर्न उत्प्रेरित रहन प्रोत्साहित गर्दछ । ग्यालेक्सी फिट थ्री’मा फाइभ एटीएम रेटिङ र आईपी६८ रेट गरिएको पानी र धुलो प्रतिरोध सुविधा छ । यसमा फल डिटेक्सन र इमर्जेन्सी एस ओ एस लगायतका नयाँ सुरक्षा सुविधाहरू थपिएका छन् ।

‘ग्यालेक्सी फिट थ्री’ ग्रे, सिल्भर, पिंक गोल्ड रङहरूमा उपलब्ध छ । फागुन २८ गतेदेखि नेपालभरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य सात हजार ९९९ रुपैयाँ रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu