site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बहुदल ल्याएको ३४ वर्ष भयो, कुनै नेताले मुलुकको विकासका लागि सोचेनन् : चन्द्र भण्डारी
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बहुदल ल्याएको ३४ वर्षसम्म पनि कुनै नेताले मुलुकको विकासका लागि नसोचेको बताए ।

उनले 'वादेवादे जायते तत्वबोध' भन्ने कुरामा विश्वास गरेको पार्टी कांग्रेसले संसद् बन्द गर्न नहुने पनि बताए ।

"जसले वादेवादे जायते तत्वबोध भन्नेकुरामा विश्वास गरेको छ, त्यो पार्टीले संसद् बन्द गर्न हुँदैन । सिद्धान्ततः सदन बन्द गर्नु गलत हो । लोकतान्त्रिक शक्तिले सदन बन्द गर्नुहुँदैन । ३४ वर्ष भयो, हामीले बहुदल ल्याएको यो समयमा कुनै पनि नेताले मुलुकको बारेमा सोचेन । चिन्ता गरेन । जबसम्म अहिलेको नेतृत्व, कर्मचारीतन्त्र र संवैधानिक व्यक्तिमा नयाँपन ल्याउन सक्दैनौँ तबसम्म मुलुक समृद्ध हुन सक्दैन," भण्डारीले भने ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro