site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सत्तामा रहँदा कानमा तेल हालेर बस्ने, प्रतिपक्षमा हुँदा भयंकर क्रान्तिकारी बन्ने प्रवृत्ति त्याग्नुपर्छ’ 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले संसदीय अभ्यासमा अमिल्दो प्रयोग गर्न खोज्जे प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले ‘सत्तामा रहँदा कानमा तेल हालेर बस्ने, प्रतिपक्षमा हुँदा क्रान्तिकारी बन्ने प्रवृत्ति त्याग्नुपर्ने’ बताएका हुन् ।

“संसदीय अभ्यासमा अमिल्दो प्रयोग हामीले गर्दै आइरहेका छौँ । सरकारमा बसेको बेला, सत्तापक्षको बेन्चमा बसेको बेला देशमा जतिसुकै समस्या परून्, विकास नहोस्, भ्रष्टाचार होस्, बेथिति बढून्, कानमा तेल हालेर बस्ने । त्यसमा कुनै चासो नराख्ने,” उनले भने, “तर, प्रतिपक्षमा पुग्नासाथ भयंकार क्रान्तिकारी बन्ने प्रवृत्ति त्याग्नुपर्दछ ।”

उनले देशमा भएका समस्या साझा भएको बताए । ती समस्या समाधान गर्ने सबै सांसद, दलहरूको साझा दायित्व भएको र सरकारले त्यसको नेतृत्व गर्नुपर्ने उनको भनाइ छ ।

विगतमा एमाले नेतृत्वको सरकारमा हुँदा र प्रतिपक्षमा हुँदा गरेको प्रश्नप्रति आफूहरू जवाफदेही रहेको उनले बताए । उनले देशलाई तस्करको ‘ट्रान्जिन्ट’ बनाउनेलाई राजनीतिक रङ दिएर छुट दिन नहुने पनि बताए ।

“जनताको नजरमा नेपाल तस्करहरूको देश, तस्करको ट्रान्जिट पोइन्ट, भ्रष्टाचारी, कमिसन खोरको देश परिचित गराउने र धर्म, जातीयतालाई राजनीतिक रङ दिएर देशलाई अस्थिरतातिर लैजाने, यो उपलब्लिाई समाप्त गर्न खोज्ने प्रवृत्तिलाई सरकारले, संसद्ले छुट दिने छैन,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro