site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोकसभा निर्वाचन : बीजेपीद्वारा ७२ उमेदवारको दोस्रो सूची जारी
Tiktok banner adTiktok banner ad

नयाँदिल्ली । भारतीय जनता पार्टी (बीजेपी)ले बुधबार लोकसभा निर्वाचनको दोस्रो सूची जारी गरेको छ । जारी सूचीमा तीन पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टर, त्रिवेन्द्र सिंह रावत, बसवराज बोम्मईका साथै चार केन्द्रीयमन्त्री नितिन गडकरी, अनुराग ठाकुर, पीयुष गोयल र प्रह्लाद जोशीसहित ७२ उमेदवारको नाम समावेश छ ।

बीजेपीले करनाल लोकसभा सिटबाट पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टरलाई चुनावी मैदानमा उतारेको छ । यसअघि उनले मंगलबार हरियाणाको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । हिमाचल प्रदेशमा केन्द्रीयमन्त्री अनुराग ठाकुर हमिरपुर सिटबाट निर्वाचन लड्नेछन् ।

कर्नाटकमा पार्टीले धारवाडबाट केन्द्रीयमन्त्री प्रह्लाद जोशीलाई उठाएको छ । कर्नाटकका पूर्वमुख्यमन्त्री बसवराज बोम्मईलाई हावेरी लोकसभा सिटबाट टिकट दिइएको छ । महाराष्ट्रमा बीजेपीका केन्द्रीयमन्त्री नितिन गडकरीलाई नागपुर सिटबाट निर्वाचनमा उतार्ने निर्णय गरिएको छ । पीयुष गोयल मुम्बई नर्थबाट निर्वाचन लड्नेछन् ।

बीजेपीले उत्तराखण्डको दुई सिटमा पनि उमेदवारी घोषणा गरेको छ । पार्टीले उत्तराखण्डका पूर्वमुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतलाई हरिद्वार सिटबाट मैदानमा उतारेको छ । भाजपाका राष्ट्रिय मुख्य प्रवक्ता अनिल बलुनी गढवाल सिटबाट निर्वाचन लड्न तयार छन् । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro