खेल
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
बुधबार हङकङको मिसन रोड मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले बलिङको निर्णय गर्दै पीएनजीलाई ब्याटिङमा निम्त्याएका हुन् ।
हङकङमा जारी शृङ्खलामा घरेलु टिमसंगै नेपाल र पीएनजी सहभागी छन् । नेपालले यसअघि लिग चरणमा भएको खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० ११:३३
प्रतिक्रिया दिनुहोस्