site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
विलोम अभ्यासमा साहित्यकार आचार्य
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली सर्जकहरूसँग भेटवार्ता गरेर लघुकथाका विषयमा विशेष संवादको आयोजना गर्दै आएको विलोम अभियानले यसपटक चर्चित कवि तथा साहित्यकार विधान आचार्यसँग भेटघाट गरेको छ ।

वार्ताका माध्यमबाट लघुकथाको उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सुरु ‘विलोम’ अभ्यासको छैटौँ शृङ्खलामा नेपाली लघुकथाको इतिहासदेखि लघुकथाको पद्धति, लेखनमा देखापरेका पछिल्ला प्रवृत्ति तथा लेखनको धार, समेट्ने विषय, स्तरीयता तथा यसको भविष्यलाई लिएर साहित्यकार आचार्यसँग करिब तीन घन्टा वार्ता गरिएको विनोद नेपालले जानकारी दिएका छन् ।

संवादमा साहित्यकार आचार्यसँग कुराकानी भएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २३:२८
प्रतिक्रिया दिनुहोस्