site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्रोत नखुलेको १५ लाख भारतीय र ९१ लाख नेपाली रुपैयाँसहित पाँचजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । प्रहरीले बाँकेको नेपालगंजबाट स्रोत नखुलेको ९१ लाख नेपाली र १५ लाख भारतीय रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको छ । 

नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरस्थित सन्तोषी दंगाली होटेलबाट स्रोत नखुलेको ५७ लाख २८ हजार ७०० नेपाली रूपैयाँ र ११ लाख भारतीय रूपैयाँ बरामद गरिएको हो । 

Dabur Nepal
NIC Asia

भारतीय र नेपाली रुपैयाँसहित प्रहरीले सोमबार साँझ तीनजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१६ बस्ने ३५ वर्षीय रोहित क्षेत्री, होटेल सञ्चालक दाङको तुलसीपुर उपमहानगरपालिका–९ बस्ने ४३ वर्षीय कृष्णबहादुर विक र भारत बहराइज बस्ने ४१ वर्षीय राहुल जैसवाल छन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले होटेल जाँच गर्ने क्रममा कोठाभित्र झोलामा राखिएको उक्त नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।  

यसैगरी, नेपालगंज उपमहानगरपालिका–२, पुष्पलाल चोकस्थित कालिका न्यू कर्णाली होटेलबाट श्रोत नखुलेको नगद ३४ लाख नेपाली रूपैयाँ र चार लाख ४० हजार भारतीय रूपैयाँसहित दुईजनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१६ बस्ने ५० वर्षीय सलिम जोलाह र उनकै छोरा २८ वर्षीय आसिप जोलाह रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको जनाइएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro