site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ५८.५८ अंकले बढ्यो, सबै उपसमूह पनि उकालो
Tiktok banner adTiktok banner ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ५८.५८ अंकले बढेको छ । सोमबार सार्वजनिक बिदाका कारण बन्द नेप्से मंगलबार २.८५ प्रतिशत बढेर २१११.२४ को विन्दुमा पुगेको हो । 

आज ३०५ धितोपत्रको एक करोड ६ लाख नौ हजार ५९७ कित्ता सेयर चार अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँमा किनबेच भएको छ ।

यसदिन १३ वटै उपसमूहको समूहगत सूचक उकालो लागेको छ । जीवन बिमा उपसमूहको समूहगत सूचक सर्वाधिक ५.४४ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

पाँच कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था, स्वाभिमान लुघवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लुघवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

हिमालयन ८०–२० को सेयर मूल्य ३.५७ र मोलुङ हाइड्रोपावर कम्पनीको २.५३ प्रतिशतले घटेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro