site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
साओमीले थाल्यो आफ्नो पहिलो ईभीको डेलिभरी
फाइल तस्बिर : रोयटर्स ।

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले आफ्नो पहिलो विद्युतीय गाडी (ईभी) मोडल एसयू७ को डेलिभरी यसै महिना (मार्च)देखि थाल्ने जनाएको छ ।

चीनको पाँचौँ ठूलो कम्पनीले विबोमा पोस्ट राख्दै देशभरका २९ सहरमा ५९ स्टोरले अर्डर लिने उल्लेख गरिएको छ ।

कम्पनीले मार्च २८ मा लन्च इभेन्ट राखेको छ । घोषणासँगै कम्पनीको सेयर मंगलबार बिहान पौने १० बजे (नेपाली समय)सम्म ९.५५ प्रतिशतले बढेको छ ।

चीनमा ईभीको बजार जनवरीदेखि फेब्रुअरीमा १८ प्रतिशतले बढेको छ । सन् २०२३ मा त्यहाँ ईभीको बजार २१ प्रतिशतले बढेको थियो ।

चीनको नम्बर एक विद्युतीय गाडी ब्रान्डका रूपमा बीवाईडी रहेको छ ।

गत डिसेम्बरमा साओमीको स्पिड अल्ट्रा ७ (एसयू७) सेडान सार्वजनिक गर्दा कम्पनीका प्रमुख कार्यकारी लेई जुनले विश्वको शीर्ष पाँच अटोमेकरमध्ये एक बन्ने लक्ष्य रहेको बताएका थिए ।

एसयू७ मा ७३.६ किलोवाट क्षमताको ब्याट्रीले ६०० किलोमिटर रेन्ज दिन्छ । १०१ किलोवाट क्षमताको ब्याट्रीले ८०० किलोमिटरभन्दा बढी रेन्ज दिने जनाइएको छ । रोयटर्सबाट ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro