site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१० ठूला वाणिज्य बैंकको लेखापरीक्षण आगामी जुलाईबाट

काठमाडौं । नेपालमा सञ्चालित १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण आगामी जुलाईबाट हुने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को सर्तअनुसार यो लेखापरीक्षण हुन लागेको हो ।

स्रोतका अनुसार नेपाली बैंकको अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता बढाउन लेखापरीक्षण गर्न लागिएको हो । आईएमएफसँग लिएको विस्तारित कर्जा सुविधा सर्तहरूमध्ये यो प्रमुख सर्त हो । विदेशीले गर्ने बैंकहरूको लेखापरीक्षणमा विदेशीले नै खर्च गरून् भन्ने पक्षमा राष्ट्र बैंक थियो । तर, दाता नभेटेपछि राष्ट्रकै खर्चबाट हुने स्रोतले जानकारी दिएको छ ।

मुद्रा कोषले विभिन्न सर्त राखेर ३६ महिने सुधार कार्यक्रम गरिरहेको छ । त्यसैअन्तर्गत १० वाणिज्य बैंकको लेखापरीक्षण गर्न लागिएको हो । एउटा कारण आईएमएफको सर्त भए पनि राष्ट्र बैंकको आन्तरिक कार्यक्रममा पनि बढी चुक्तापुँजी, कर्जा प्रवाह र नाफा भएका बैंकहरूको लेखापरीक्षण गर्ने कार्यतालिका छ ।

मुद्रा कोषले यही कार्यक्रमअन्तर्गत किस्ता–किस्तामा ऋण उपलब्ध गराउँदै आएको छ । १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गराइएन भने नेपालले पाउने अर्काे किस्ता रोकिने पनि स्रोतको दाबी छ ।

आईएमएफको कार्यक्रमअन्तर्गत अहिलेसम्म तेस्रो किस्ता उपलब्ध भइसकेको छ । अबको किस्ता बैंकहरूको लेखापरीक्षणको प्रक्रिया अगाडि बढेपछि मात्र प्राप्त हुन्छ । यसरी सहुलियत पाउनका लागि पनि लेखापरीक्षण समयमा नै गर्न पर्ने आवश्यकता नेपालसामु छ ।

स्रोतका अनुसार ऋण प्रवाह, चुक्तापुँजी र नाफाका आधारमा ग्लोबल आइएमई, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य बैंक, नबिल, कुमारी, प्रभु, लक्ष्मी सन्राइज, एनएमबि, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लेखापरीक्षण हुनेछ । एक अर्कामा मर्जरमा गएका बैंकहरूको खराब कर्जा बढ्दै गएको छ । ऋण लगानी बढ्दै जाने र त्यो नउठ्दा बैंकिङ क्षेत्रमा समस्या परेको पनि बताइएको छ । वाणिज्य बैंकहरूले कर्जा उठाउन नसक्दा पनि अवस्था थाहा पाउनलाई लेखापरीक्षण गर्न लागिएको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro