site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धन टिकाउने चुनौती छ : ज्ञवाली
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्तासमीकरण निर्माणमा बाह्य हस्तक्षेप नभएको जिकिर गरेका छन् ।

नयाँ सत्तासमीकरण निर्माणमा चीनको चलखेल रहेको चर्चा चलिरहेको छ । तर, पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले कुनै खालको बाह्य शक्तिको दौडधुपबिना नै नयाँ सत्तासमीकरण बनेको जिकिर गरेका हुन् ।

“...विगतमा भन्दा तपाईंहरूले देख्नुहुन्छ, यो सहकार्यका निम्ति कुनै बाह्य शक्तिहरूको दौडधुप भएको देखिएन । एकदमै गुपचुप ढंगले धेरैलाई त अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी यो काम भयो,” उनले भने, “भन्नुको तात्पर्यचाहिँ यो स्वदेशकै पात्रहरूले, स्वदेशकै प्लेयरहरूले निर्माण गरेको एउटा सहकार्य हो ।”

नयाँ सत्तासमीकरणलाई टिकाउने विषय चुनौतीका रूपमा रहेको समेत उनले स्वीकार गरे । संकट र निराशालाई चिर्दै अगाडि बढ्ने विषयलाई नयाँ गठबन्धनले केन्द्रविन्दुमा राखेर काम गर्ने उनको भनाइ छ ।

“अब यसलाई दिगो बनाउने, यसलाई सफल बनाउने चुनौती हामीसँग छ । किनभने, देशको परिस्थिति धेरै नै गम्भीर छ,” उनले भने ।

नेपाल कांग्रेसले देशको पक्षमा कुनै परिणाममुखी काम गर्न नसक्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँगको सहकार्यका निम्ति तयार भएको उनले दोहोर्‍याए ।

“गएको एक वर्षमा देशले धेरै नै मूल्य चुकायो । पछिल्लो समय नेकपा (माओवादी केन्द्र)ले, प्रधानमन्त्री स्वयंले त्यो बोध गर्नुभयो कि अब यो बाटोबाट अगाडि बढ्न सकिँदैन भनेपछि हामीले गरेका केही सचेतन प्रयासहरू र उहाँहरूभित्र पनि अब नेपाली कांग्रेससँगको सहकार्य सुविधाजनक छैन र यसले कुनै पनि परिणाम दिँदैन भन्ने भएपछि उहाँहरू पनि नयाँ सहकार्यमा जोडिन तयार हुनुभयो,” उनले भने । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro