काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति जो बाइडेनको टिप्पणीलाई अस्वीकार गरेका छन् ।
गाजामा जारी युद्धले ‘इजरायललाई सहयोग पुगिरहेको सट्टा चोट पुर्याइरहेको छ,’ भन्ने बाइडेनको टिप्पणी गलत भएको नेतान्याहूले भनेका हुन् ।
बाइडेनले शनिबार गाजामा इजरायलको आक्रमणमा निर्दोषले ज्यान गुमाइरहेकोमा बढी ध्यान दिनुपर्ने नभेका थिए । नेतान्याहूको यो कदम इजरायलको हित विपरीत भएको बाइडेनले भनेका थिए ।
नेतान्याहूले आइतबार राति पोलिटिकोसँगको अन्तर्वार्तामा यो भनाइको विरोध गरेका हुन् ।
“म बहुसंख्यक, बहुमत इजरायलीको चाहना विपरीत आफ्नो निजी स्वार्थले अघि बढिरहेको हो र यसले इजरायलाई अहित गर्छ भनेर बाइडेनले भन्न खोजेका हुन् भने उनी दुवैतरिकाले गलत छन्,” नेतान्याहूले भनेका छन् ।