site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ लोकार्पित

काठमाडौं । क्याप्टेन वेद उप्रेतीद्वारा लिखित पुस्तक ‘दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ एक समारोहबीच सार्वजनिक भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका व्यक्तिहरूले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

यस पुस्तकमा सुदूरपश्चिमलाई समृद्ध र प्रगतिशील क्षेत्रका रूपमा विकास गर्न सकिन्छ भन्ने विश्वासलाई फोटोग्राफी विवरणका रूपमा प्रस्तुत गरिएको विज्ञप्तिमा जनाइएको छ ।

सुदूरपश्चिमको वास्तविक परिदृश्यलाई काल्पनिक विस्मयलोक/भूस्वर्गका रूपमा परिकल्पना गरिएका दृश्यहरू समावेश गरेर तयार पारिएको यस पुस्तकमा १२० पृष्ठ र ९४ रंगीन तस्बिरहरू समावेश गरिएको छ । यो पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रस्तुत छ ।

यस पुस्तकको बिक्रीबाट प्राप्त हुने रकम वेद उप्रेती ट्रस्टका माध्यमबाट सुदूरपश्चिमका क्यान्सरका बिरामीहरूलाई सहयोग गरिने पनि विज्ञप्तिमा जनाइएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  २२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro