site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँ अर्थ मन्त्रीबाट सेयर बजारले खोजेको नीतिगत परिवर्तन
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पद बहाली गर्दा विशेषरूपमा सेयर बजार र घर जग्गालाई जोड दिएर अभिव्यक्ति दिए । उनले यी दुई क्षेत्रलाई चलायमान बनाउन नीतिगत र प्रक्रियागत सुधार गर्ने पनि बताए ।

गत बुधबार कार्यभार समाल्दै मन्त्री पुनले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाए । दैनिकजसो ‘प्यानिक सेल’ भोगिरहेका सेयर लगानीकर्ताहरू अहिले केही राहत महसुस गरिरहेका छन् ।

अर्थमन्त्रीको एक अभिव्यक्तिले लगानीकर्तामा आशा जागेको छ । अर्थमन्त्री पुनले बुधबार पद बहाली गर्दामात्र हैन, बिहीबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग पनि सेयर बजार र घर जग्गालाई चलायमान बनाउने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“सेयर बजारमा बेलाबेला तलमाथि भइरहन्छ । सेयर बजारमा भएका समस्याहरूलाई संरचनागत तथा नीतिगत रूपले सुधार गर्नुपर्छ । किनभने त्यहाँ ६० लाखभन्दा धेरै ग्राहकहरू/सेयर होल्डरहरू रहेको अवस्था छ । यो नयाँ सेक्टर हो । यो क्षेत्र ६० लाखको काम व्यवहार र भविष्यसँग जोडिएको क्षेत्र हो,” उनले भनेका थिए ।

अर्थमन्त्रीले यसरी अभिव्यक्ति दिएसँगै सेयर लगानीकर्ता पनि सकारात्मक नै देखिएका छन् । उनी अर्थमन्त्री भएको भोलिपल्ट बिहीबार बजार १३.५१ अंकले बढ्यो भने उनी अर्थमन्त्री भएपछिको दोस्रो कारोबार दिन आइतबार बजार २२.१० अंकले बढ्यो ।

Global Ime bank

यसरी बजार बढ्नुको कारण अर्थमन्त्रीले देखाएको आशालाई सेयर लगानीकर्ता लिन्छन् । उनी १२ वर्षपछि अर्थ मन्त्रालयमा फर्किएका हुन् । केही नयाँ गर्ने संकेत अर्थमन्त्री पुनले दिएकाले पनि लगानीकर्ता आशावादी भएको सक्रिय सेयर लगानीकर्ता सुवास चन्द्र बताउँछन् । यसका साथै नेकपा (एमाले) सरकारमा आएकाले पनि लगानीकर्तामा आशा जागेको उनको बुझाइ छ ।

एमालेको सरकार हुँदा नियुक्त भएका नेपाल राष्ट्र बैंकका गभर्नरको ट्युनिङ सरकारसँग मिल्न सक्ने र मौद्रिक नीतिको दोस्रो त्रैमासको समीक्षामा लगानीकर्ताका केही माग पूरा हुने आशा लगानीकर्तामा छ । लगानीकर्ताले अहिलेको सेयर धितो कर्जालाई हटाउन माग गर्दै आएका छन् ।

राष्ट्र बैंकले सेयर बजार ३,२०० को विन्दुमा पुग्दा सेयर धितो कर्जामा लगाएको क्याप हटाउन माग गर्दै आएका छन् । अहिलेको अवस्था त्यस्तो नभएको भन्दै यसलाई हटाउन पटक–पटक माग गरिरहेका छन् । हाल नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा व्यक्तिगत १५ करोड र संस्थागत २० करोड कायम गरेको छ । यो क्याप हटाउनुपर्ने लगानीकर्ताको माग छ ।

राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा साँघुरो बनाएको र त्यसलाई खुकुलो बनाउनुपर्ने नेपाल सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुलेल बताउँछन् ।

“अहिले राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा १५ करोड र २० करोड जुन राखेको छ । यो हटाउनुपर्छ । कुनै व्यक्तिको धितो राख्न सक्ने क्षमताअनुसारको लोन लिन पाउने व्यवस्था हुनुपर्छ,” उनले भने, “नयाँ अर्थमन्त्रीले नीति परिमार्जन गर्न भूमिका खेल्नुपर्छ । नीतिमा यस्तो सीमा राख्नुभएन ।”

त्यसैगरी सेयर धितो कर्जाको जोखिम भारलाई घटाउनुपर्ने पनि माग छ । राष्ट बैंकले ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत कायम गरेको छ भने ५० लाख मुनिको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरेको छ । सबैलाई १०० प्रतिशत नै कायम गर्नुपर्ने लगानीकर्ताको माग छ ।

त्यस्तै, संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने पनि कतिपय लगानीकर्ताको माग छ ।

शिवचन्द्र भन्छन्, “राष्ट्र बैंकले सेयर धितो कर्जामा क्याप लगाएको छ । व्यक्तिगतमा लगाएको भए पनि संस्थागतमा हटाउनुपर्छ ।” 

एनआरएनहरूलाई लगानीको बाटो खुलाउने भनिए पनि त्यो अनुसारको कानुन बन्न नसक्दा समस्या भएको पनि उनी बताउँछन् । यसलाई सहज बनाउन राष्ट्र बैंकसँग अर्थमन्त्रीले समन्वयकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

“एनआरएनहरूलाई लगानी गर्न खुला गर्ने भनिएको छ । तर, प्रतिफल लाग्न कठिन छ,” उनले भने, “अहिलेको जोखिमभार १२५ प्रतिशतलाई पनि घटाएर १०० प्रतिशतमै कायम गर्नुपर्छ । यो घटाउन सकियो भने बैंकहरूलाई पनि सजिलो हुन्छ ।”

अहिले सप्लाईको पाटो बढेकाले पनि आशा गर्ने ठाउँ प्रशस्त भएको शिवचन्द्र बताउँछन् । नयाँ सरकार बनेसँगै अहिले नै बजार घटेर १८/१६ सयमा आउँछ भन्ने लगानीकर्तामा नपरेको शिवचन्द्र बताउँछन् ।

बजारमा ठूलो समस्या नभए पनि सुधार गर्न नसक्दा त्यसको प्रभाव बढ्दै गएको एक लगानीकर्ताले बताए । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी), नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन)बीच हुनुपर्ने समन्वयका कारणले पनि बजारमा प्रभाव परेको ती लगानीकर्ता बताउँछन् । एक अर्काको झगडाले गर्दा अति महत्त्वपूर्ण फाइलहरू रोकिने गरेको पनि उनी सुनाउँछन् ।

“सेयर बजारका तीन निकाय सीडीएससी, नेप्से र सेबोनको समन्वय छैन । यी तीन निकायको एक अर्कामा समन्वय हुने वातावरण मिलाउनुपर्छ । यसका साथै मार्जिन ट्रेडिङसम्बन्धी व्यवस्था लगानीकर्तामैत्री बनाउनुपर्छ,” ती लगानीकर्ताले भने, “त्यस्तै सेयर धितो कर्जासम्बन्धी अहिलेको व्यवस्था हटाउनुपर्छ ।”

अहिकांश लगानीकर्ताले सेयर धितो कर्जालाई सेयर बजारको समस्याको रूपमा लिएका छन् । कतिपयले मार्जिन ट्रेडिङ, ब्रोकर कमिसन, ब्रोकरले चलाउन पाउने ओभर ड्राफ्टसम्बन्धी व्यवस्था र बैंक तथा वित्तीय संस्थालाई सेयर किन्न पाउने व्यवस्था गर्नुपर्ने पनि माग राखेका छन् ।

बुटवलबाट सक्रियरूपमा सेयर बजारमा लगानी गर्दै आएका माधव पाण्डे गभर्नर र अर्थमन्त्रीको सम्बन्ध चिसिन नहुने बताउँछन् । त्यसका साथै बैंकहरूलाई सेयर खरिद गर्न पाउने व्यवस्थालाई खुकुलो गर्नुपर्ने उनी बताउँछन् ।

“गभर्नर र अर्थमन्त्रीको सम्बन्ध सुमधुर हुनुपर्छ । बैंकहरूले सेयर ट्रेड गर्न पाउने व्यवस्थालाई खुकुलो बनाउनुपर्छ,” उनले भने, “पुँजी बजार चलायमान भयो भने मात्र अन्य क्षेत्र चलायमान हुन्छ । सरकारले यो क्षेत्रलाई कडाइ गर्न हुँदैन । लगानीकर्ताको विश्वास बढाउन राष्ट्र बैंकले नै काम गर्नुपर्छ ।” 

कतिपय लगानीकर्ता भने राजनीति गर्नेहरूले सेयर बजारप्रति सकारात्मक कुरा गरे पनि काम नगरेको पाइएको बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  २०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !