site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै बंगलादेशले जित्यो यू–१६ महिला साफको उपाधि 

काठमाडौं । भारतलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै साफ यू–१६ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार भएको खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । टाइब्रेकरमा बंगलादेशले बाजी मा¥यो ।

Dabur Nepal
NIC Asia

पेनाल्टीमा बंगलादेशका मारियम बिन्ता हाना, तानिया अख्तर फोमी र साथी मुन्डाले गोल गरे । बंगलादेशबाट पहिलो प्रहारका निम्ति सौरवी अखन्डा प्रीति आएकी थिइन् । उनको प्रहारलाई भारतकी गोलकिपरले विफल बनाइन् । अल्पी अख्तरको प्रहार पोस्टमा लागेर फर्कियो ।

भारतका स्भेता रानी र अन्विता राघुरमनले गोल गरे । भारतका अलिना देवी सरागंथेम, बोनिफिलिया सुुल्लाई र दिव्यानी लिन्डाको प्रहारलाई बंगलादेशकी गोलकिपरले विफल बनाइन् ।

त्यसअघि, खेलमा अग्रता भारतले बनाएको थियो । भारतकी अनुष्का कुमारीले गोल गर्दै अग्रतामा राखेकी थिइन् । ७१औँ मिनेटमा कप्तान अप्रिता विश्वासले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएकी थिइन् ।

यही मार्च १ देखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टिमको सहभागिता थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro