site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीन खर्ब बचतमा शोधनान्तर स्थिति

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को सात महिनासम्म शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनानुसार शोधनान्तर स्थिति गत वर्षको तुलनामा दुई गुणाले बढेको हो ।

गत वर्षको माघ मसान्तसम्म एक खर्ब २८ अर्ब ५५ करोड रुपैयाँले शोधनान्तर बचतमा थियो ।

राष्ट्र बैंकका अनुसार, निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो ।

शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ । घाटा भएमा विदेशी मुद्रा देशबाट बाहिर बढी गएको भन्ने बुझिन्छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro