site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्षाका कारण नेपाल र हङकङबीचको खेल बिनानतिजा टुंगियो
तस्बिर : क्यान ।

काठमाडौं । वर्षाका कारण त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र हङकङबीचको खेल बिनानतिजा टुंगिएको छ ।

हङकङस्थित मिसन रोड मैदानमा आइतबार टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले आठ ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । यसपछिको निरन्तर वर्षाका कारण खेल सम्भव नभएकाले बिनानतिजा टुंगिएको हो । 

त्यसअघि, हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल करिब आधा घण्टा प्रभावित बनेको थियो ।

आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल, हङकङ र पपुवा न्युगिनी (पीएनजी) सहभागी छन् । नेपालले अब आउँदो मंगलबार पीएनजीविरुद्ध खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro