site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनएमबि बैंकद्वारा लैंगिक समता र सामाजिक समावेशीकरण योजना घोषणा

काठमाडौं । एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्धन गर्दै लैंगिक समता तथा सामाजिक समावेशीकरण (जीईएसआई) योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नीतिले समाजमा विविधता प्रवर्धन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैंगिक समानतालाई प्रोत्साहन गरेको जनाइएको छ ।

Dabur Nepal
NIC Asia

जीईएसआईले समग्र बैंकिङ प्रणालीलगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्दै पहुँचयोग्य, समावेशी र उत्तरदायी बैंकिङ वातावरण सिर्जना गर्न मद्दत पुर्‍याउने विषयमा बैंक विश्वस्त रहेको जनाइएको छ । 

बैंकले लैंगिक समता र सामाजिक समावेशीकरण जीईएसआई योजना कार्यान्वयन गर्दै महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्जस्थित शाखाहरूमा फरक ढङले सक्षम ग्राहकलाई ह्विललचेर र्‍याम्प  स्थापना गरेको छ । साथै, महिला नेतृत्व विकास गर्न देशभरि महिला नेतृत्व कार्यक्रमसमेत सुरुवात गरिसकेको जनाएको छ ।

महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको जनाएको छ । एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ । बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथिभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरू चल्तीमा ल्याइसकेको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८३ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro